१७ असार २०८३, बुधबार
शनिबार, भाद्र २८ १९:२३

अत्तरियामा ब्लड बैंक राख्न माग

अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थाई राजधानी अत्तरिया बजारमा ब्लड बैंकको स्थापना हुनुपर्ने माग त्यस क्षेत्रका जनताले गरेका छन् ।
प्रदेशका नौ वटै जिल्लाको प्रवेशद्धाराका रुपमा रहेको अतरिया बजार सवै जिल्लाका विरामीका लागी केन्द्र विन्दु पर्ने भएका कारण त्यस क्षेत्रमा ब्लड बंैक आवश्यक रहेको उनिहरुले माग गरेका छन् । विभिन्न घटना दुर्टटना परेका ब्यक्तिहरु लाई पहिले अतरियामा रहेका अस्पतालमा पु¥याउँनु सहज हुने भएपनि विरामी लाई आवश्यक पर्ने रगतका लागी धनगढी आउँनु पर्ने बाध्यता रहेको सर्वाेत्तम पेन्टस अतरिया संयोजक नविन भट्टले बताए । उनले ब्लड बैकको स्थापनाका लागी जिल्ला रेडक्रस सोसाइटी र स्थानीय तहले विशेष पहल गनुपर्ने माग राखेका छन् ।


बर्षातको समयमा आवश्यक पर्ने रगतको माग लाई पुर्ति गर्न अतरियामा रहेको माउण्ट एभरेष्ट क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पदमा अस्पताल प्रालिको आयोजना तथा सर्वाेत्तम पेन्टसको आर्थिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमा नेपाली सेनाको ५ नम्बर बाहिनी अडाका वाहिनी पति सहायक रथी श्री होम नाथ दवाडी र भवानीदल गण तेघरीका गणपति प्रमुख सेनानी विकास केसी लगायतले रक्तदान गरेको क्लबका अध्यक्ष वेद प्रकाश पाण्डेले बताए । उनले संकलन भएको ६० पिन्ट रगत अतरिया क्षेत्रमा राख्ने ठाउँ नभएका कारण समस्या भएको र यसको ब्यवस्थापनका लागी सम्बन्धीत निकायले ध्यान दिनु पर्ने माग राखे ।

Sharing is caring!

Latest News

दार्चुलाका सशस्त्र प्रहरी जवान धामी ४ दिन देखी वेपत्ता
शनिबार, भाद्र २८ १९:२३
पर्वलाई मध्यनजर गर्दै कैलालीको त्रिनगर नाकामा सिमा सहायता कक्ष स्थापना
शनिबार, भाद्र २८ १९:२३