१८ बैशाख २०८३, शुक्रबार
बुधबार, आश्विन ८ १७:४१

ऐश्वर्या बहुमुखी क्याम्पसले (क्यु एए) प्रमाणपत्र प्राप्तीमा शुभकामना आदान प्रदान ग¥यो


धनगढी,
ऐश्वर्या बहुमुखी क्याम्पस यस क्षेत्रको अग्रणी सामुदायीक क्याम्पस हो ऐश्वर्या बहुमुखी क्याम्पसले बिश्व बिद्यालय अनुदान आयोगबाट गाणस्तर शुनिश्चित प्रत्यायन (क्यु ए ए) प्रमाणपत्र पाएसंगै क्याम्पस परिवार उत्साहित भएक छ ।
स्थापना कालको छोटो समयमा (क्यु ए ए) प्रमाणपत्र प्राप्त गरेको ऐश्वर्या बहुमुखी क्याम्पसले बिश्व बिद्यालय अनुदान आयोग संगै (क्यु ए ए) प्रमाणपत्र प्राप्तीमा सहयोग गर्ने सबैलाई धन्यबाद दिन एक कार्यक्रम आयोजना गरेको थियो । धन्यबाद ज्ञापन कार्यक्रमका साथै ऐश्वर्या क्याम्पसले दशैँ, तिहार तथा छठ पर्वको अग्रिम शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरेको थियो । कठिन यात्रामा १० जना बिद्यार्थीबाट शुरु गरिएको ऐश्वर्या बहुमुखी क्याम्पसलाई छोटो समयमै (क्यु ए ए) प्रमाणपत्र दिलाउन सफल गर्ने सबैलाई क्याम्पस प्रमुख धर्मदेव भट्टले धन्यबाद दिए । क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक, अबिभावक लगायत आम बुद्धीजिबि तथा सर्वसाधारणको सहयोगबाटै यो प्रमाणपत्र पाउन सफल भएको उनले बताए ।


कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नेपाली कागं्रेसकी नेतृ डक्टर आरजु राणा देउवाले सुदूरपश्चिमका तिन क्याम्पसले (क्यु ए ए) प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा खुशी ब्यक्त गरिन् । झन ऐश्वर्या क्याम्पसले छोटो समयमै यो प्रगती देखाएकाले आगामी दिनमा सबल बिद्यार्थी उत्पादन गर्ने उनको बिश्वास छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नृप बहादूर वडले प्राध्यापक र बिद्यार्थीको मेहेनतको फल ऐश्वर्याले पाएको बताए । कुनै कामपनि आफ्नो सम्झेर गरेमा त्यो सफल हुने उदाहरण ऐश्वर्याले दिएको अध्यक्ष वडले बताउनु भयो ।


Sharing is caring!

Latest News

नेपाल डेरी ऐसोशियशन धनगढीले चौथो विश्व स्कुल दुग्ध दिवस मनायो
बुधबार, आश्विन ८ १७:४१
सामुदायीक विद्यालयका दुईहजार विद्यार्थीलाई झोला वितरण
बुधबार, आश्विन ८ १७:४१