सामुदायीक विद्यालयका दुईहजार विद्यार्थीलाई झोला वितरण
धनगढी, धनगढी उप–महानगरपालिका भित्रका सामुदायीक विद्यालयका २ हजार भन्दा बढी बालबालिकाहरुलाई झोल लगायतका शैक्षिक सामाग्रीहरु बुधवार हस्तान्तरण गरिएको छ । धनगढी उप–महानगरपालिका र ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) , सफा सुनौलो नेपालको समन्वय र चाईना फान्डेसनको आर्थिक सहयोगमा २ हजार १ जना विद्यार्थीहरुलाई झोला र अन्य पाठ्य समाग्रीहरु वितरण गरिएको हो ।

झोला लगायतका सामाग्रीहरु रुडुकका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवा, धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले हस्तान्तरण गरेका थिए । झोला वितरण गर्न डाक्टर देउवा धनगढी उप–महानगरपालिका १ को सरस्वती आधारभूत विद्यालय र वडा नं ३ को त्रिभुवन माध्यामिक विद्यालय बोराडाडीमा पुगेकी थिईन ।

कार्यक्रम अन्तरगत उप–महानगरपालिका क्षेत्रका कक्षा १ देखि ५ सम्मका १५ वटा सामुदायीक विद्यालयका बालबालिकालाई झोला तथा पाठ्य समाग्री हस्तान्तरणको कांग्रेस नेतृ देउवाले बताईन । यसले सामुदायीक विद्यालयका बालबालिकाहरुको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा राखेको पनि नेतृ देउवाले बताईन । नेतृ देउवाद्धारा सेती प्रादेशीक अस्पताललाई झुल सहयोग धनगढी,८ असोज नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु देउवाले सेती प्रादेशीक अस्पताललाई झुल सहयोग गरेकी छन् ।

अस्पतालका विरामीहरुका लागि भन्दै डाक्टर देउवाले ३ सय वटा झुलहरु सेती प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर हेमराज पाण्डेलाई झुल हस्तान्तरण गरेकी हुन । सेती प्रादेशीक अस्पतालमा डेंगुका बिरामीहरु बढेका छन् भन्ने समाचार पढेपछि चिन्ता लाग्यो डाक्टर देउवाले भनिन्, आफै बिरामी सेती प्रादेशीक अस्पतालमा भर्ना भएका बिरामी थप जोखिममा रहेकाले झुल हस्तान्तरण सहयोग गरियो ।

निर्वाचनको समयमा आफुले ३ सय सैयाको अस्पताल बनाउन पहल गर्ने कुरा गरेको बताउदै डाक्टर देउवाले भनिन्, मैले १० करोड रुपियाँ बिनियोजन गर्न लगाएको थियो बर्तमान सरकारले कटौती ग¥यो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अस्पताल प्रदेश सरकार अन्तरगत रहेको बताए । उनले भने, त्यसपछि झनै अबस्था खस्कीयो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले अस्पतालमा स्वभावतः फोहर बढी उत्पादन हुने भएकाले डेंगुको जोखिम रहने बताईन
