कैलालीको तेघरीमा २१ किलोमिटर दौड प्रतियोगिता हुने
कैलाली ,नेपाली सेनाको ५ नम्बर बाहिनी तेघरी कैलाली दौडन्छ कैलाली स्वास्थ्यका लागि भन्ने मुल नाराका साथ २१ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ ।
असोज ११ गते हुने दौड प्रतियोगितामा तेघरी, मालाखेती गोदाबरी २१ किलोमिटर, बिद्यार्थी र एनसिसीका प्रशिक्षार्थीलाई ५ किलोमिटर दौड प्रतियोगिता तथा अन्य सहभागि सबै ईच्छुकहरुलाई ५ किलोमिटर वाकथुनमा सहभागि गराउने भवनीदल गण कैलालीका गणपती तथा कार्यक्रम संयोजक बिकास केशीले जानकारी दिए ।
बिजया दशमीको अबसर पारेर सेना र जनता संगको सम्बन्ध सुमधुर पर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले बताएको छ ।
प्रतियोगितका २१ किमि दौड (पुरुष)का पहिलोलाई पन्ध्र हजार र दोस्रोलाई सात हजार पाँच सय नगद पुरस्कार, १० किमि दौड (महिला)का पहिलोलाई दश हजार र दोस्रोलाई पाँच हजार नगद पुरस्कार, त्यसैगरी पाँच किमी बिद्यार्थी दौड (छात्र) तर्फ प्रथम हुने पाँच हजार, दोस्रोलाई दुई हजार पाँच सय र तेस्रो हुनेलाई एक हजार पाँच सय नगद पुरस्कार, त्यस्तै पाँचा किलोमिटर बिद्यार्थी दौड (छात्रा) तर्फ प्रथमलाई तिन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार नगद तथा सबैलाई प्रमाणपत्रको व्यबस्था गरिएको महासेनानी तथा प्रतियोगिताका प्रमुख संयोजक धनबहादुर थापाले जानकारी दिए ।
प्रतियोगिताको तायरीका बारेमा आईतबार ५ नम्बर बाहिनीमा आयोजना गरिएको समन्वयात्मक बैठकमा प्रतियोगिताको सम्पुण तयारी पुरा भैसकेको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा सबैलाई सहभागि हुन समेत नेपाली सेनाले सबैलाई आग्रह गरेको छ ।
