१३ बैशाख २०८१, बिहीबार
बिहीबार, आश्विन ९ १७:४२

मन्त्री मगरद्धारा चादी कप फूटबल प्रतियोगिताको उद्घाटन

लालबहादुर एस.के पुनर्वास

१० औं रनिङ्ग चादी कप फूटबल प्रतियोगिताको उद्घाटन एक समारोहका बिच भब्य रुपमा पुनर्वास नगरपालिका–७ बुद्धबस्तीमा सम्पन्न भयको छ । प्रमुख अतिथिका रुपमा खानेपानी मन्त्री माननीय बिना मगरले यस कार्यक्रमको उद्घाटन गर्दै आयोजकलाई कार्यक्रमको शुभकामना व्यक्त गर्नु भयको छ । प्रमुख अतिथि को आसन बाट बोल्दै मन्त्री मगरले खेलकुदले गर्दा नयाँ क्षमतावान खेलाडिको पहिचान हुने बताउनु भयो । हामी अहिले बिकासको क्रममा छौ । संविधान निर्माण पछि संघीयतालाई पुर्न रूपमा कार्यान्वयन र संस्थागत गर्ने अवस्थामा छौ । अहिले सरकारले सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा लियर अगाडी बढेका छौ । हामी समृद्ध नेपालको खोजीमा छौ, सुखी नेपालीको खोजीमा छौ । समृद्ध नेपाल त्यो बेला मात्र सम्भव हुन्छ, जब सम्पुर्ण नेपाली गरिबीको रेखा भन्दा माथि उठेपछि मात्र र हाम्रो गाउँ ठाउ पुर्णरुपमा बिकास भय मात्र सम्भब छ । सुखी नेपाली त्यति बेला मात्र सम्भब हुनेछ जब स्वास्थ्य, शिक्षा, गास, बाँस र कपास सहज रूपमा उपलब्ध हुन सक्छ तब मात्र सुखी नेपाली भयको आभास हुने छ । म जहाँ जहाँ जान्छु त्यसमध्ये सबै भन्दा बढी बिकास भयको स्थानीय तह मध्ये को एक तह पुनर्वास नगरपालिका पनि हो । पुनर्वास नगरपालिका, बेलौरि नगरपालिका, लालझाडि गाउँपालिका र बेल्डाडी गाउँपालिकाबाट विभिन्न बिकास निर्माणका योजनाहरु मागहरु का लागि म पनि स्वयं विभिन्न मन्त्रालयमा गएर ती मागहरुलाई जोडदार साथ प्रस्तुत गरेका छौ । ती मध्येका धेरै मागहरु पुर्ण रुपमा कर्यानव्यन भयका र केही हुने तरखर मा रहेका छन । उहाँ हरु ले यहाका जल्दाबल्दा समस्याहरु लियर काठमाडौ जानू भयको छ र मैले पनि त्यस्ता समस्या समाधान गर्नका लागि सधै तत्पर रहेको छु र आगमी दिनमा पनि म बाट हुने र गर्न सक्ने सहयोग सधै भरी गरिनै रहने छु । केन्द्र, प्रदेश र स्थानीय तह बाट पनि धेरै बिकासका आयोजनाहरु यस क्षेत्रमा परेका छन । त्यसै गरि समृद्ध नेपाल हुनका लागि युवाहरु पनि आबस्यक हुने भयकाले सम्पुर्ण युवा आफ्नो घरव्यवहार चलाउनका लागी बिदेश पलायन भएको देख्दा साह्रै नरमाइलो लाग्ने गर्छ । देश बिकासमा पनी युवाको अहंम भुमीका भएका कारण युबा खेलाडी खेल जित्नका लागि मात्र खेल नखेली, अनुसासन सभ्य र राम्रो खेल पनि हुन पर्ने र त्यो भय मात्र खेलाडी आफ्नो लक्ष्यमा पुग्न सक्छ । सम्पुर्ण खेलाडीहरुलाइ खेल अनुसासित तबरले खेल्न र आफ्नो नाम का साथै गाउँ ठाउको नाम पनि राख्न का लागि भयपनी यस भन्दा पहिले भय जस्ता गतिविधि नहोउन भन्ने आसा गरेको छु । त्यसै गरी उदघाटन कार्यक्रममा विशिष्ट अतिथीबाट बोल्दै नगरप्रमुख जिवनराज थापाले मैदानमा उत्रिसकेपछि हरेक खेलाडीको उद्देश्य खेल जित्नु हुन्छ, तर जे सुकै गरेर पनि जित्नुपर्छ भन्ने मान्यता भने ठिक हैन, खेल मैदान भनेको खेलको साथै अनुशासन देखाउने ठाउँ भएको साथै नयाँ पुस्ता विकृति र विसंगति तिर लागेकोले खेलकुदकै माध्यमबाट मात्र सुधार्न सकिने जिकिर गर्नुभयो । खेलमा हार र जित अवश्य हुन्छ हार हुने वित्तिकै मेरो खेल जिवन समाप्त भयो र जित हुने वित्तिकै सबै कुरा प्राप्त गरे भन्ने भावना यदी कुनै खेलाडीमा छ भने उक्त व्यक्ति खेलाडी हुन सक्दैन । खेलाडी हुनका लागी खेलका साथसाथै अनुसासन पनि हुन जरुरी छ यदी खेलाडीमा अनुशासन छैन भने जति सुकै राम्रो खेल भए पनि उ पुर्ण रुपमा खेलाडी हुन सक्दैन । हरेक पल्ट मैले खेलकुदका क्षेत्रमा पुर्ण रुपमा साथ र समर्थन जनाउँदै आएको छु । पुनर्वासको खेलकुदका लागी म मेरो तर्फबाट हुने सम्पुर्ण किसिमको सहयोग गर्न तयार छु साथै पुनर्वासको खेलकुदलाई विकास गर्न ३० लाख बजेट छुट्याइएको समेत उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा विशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाकी उपमेयर शारदा बिष्ट, अतिथीमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार रायमाझी, नेकपा जिल्ला कमिटिका सदस्य दिपक तिमिल्सीना, नेपाली काग्रेस का सभापति यम प्रसाद पौडेल, बुद्धिजिवी, समाजसेवी, शिक्षक, पत्रकारको बाक्लो उपस्थिती रहेको थियो । त्यसै गरी कार्यक्रममा स्वागत मन्तव्य कल्बका उपाध्यक्षले राख्नु भएको थियो । १० ओ रनिङ सिल्ड कार्यक्रमका सभापति बुद्धि बहादुर तामाङले कार्यक्रमको समापन गर्दै आगामी दिनमा पनि यस खेलक्षेत्रलाई अगाडि बढाउने उहाको लक्ष्य रहेको र यसपालिको चादीकपमा प्रथम हुने लाई रु १,५७,१११÷– रहेको छ भने द्धितिय हुनेलाई रु ७८,५५५÷– साथै उत्कृष्ट खेलाडीलाई र गोल रक्षक लाई पनि अझ हौसला दिन तथा उर्जा थप्नका लागी पुरस्कार को ब्यवस्थापन गरेको समेत बताउनु भयको थियो र यो कार्यक्रम सफल हुनेमा आफू विश्वस्त रहेको र सम्पुर्ण लाई नजिकै आईरहेको बिजया दशमी तथा शुभदिपावलीको शुभकामना ब्यक्त गर्नु भएको थियो । त्यसै गरी श्री बाल बागेश्वरी मा बि विद्यालयले माननीय खानेपानी मन्त्री बिना मगर लाई विद्यालयमा विद्यालयका परीवारले स्वागत गरी विद्यालयको विविध समस्या बारेमा अवगत गराउनु भयो । विद्यालयका विभिन्न समस्याहरू को बारेमा आफ्नो भनाइ राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले माग पत्र समित पेस गर्नु भएको थियो । मन्त्री मगरले विद्यालय को भौतिक संरचनाहरु को समेत अनुगमन गर्नु भएको थियो । त्यसै गरी लालझाडि गाउँपालिकाका अध्यक्ष मदन सिङ्ग बडायक को अध्यक्षतामा लालझाडि गाउँपालिकाको हाता भित्र रहेको बाटोघाटो, त्यहाँका जनता ले पाउनु पर्ने सुरक्षाको प्रत्यक्ष अनुभुती हुनेगरी बिकास गर्न को लागि पहल गरिदिन आग्रह गर्नु भयको थियोे भने साथै उखु किसान ले पाउनु पर्ने सरकारी अनुदान ६५ रुपैयाको दरले सम्मेत अहिले सम्म नपायको गुनासो पेस गर्नु भयको थियो । त्यसैगरि बेलौरी वडा नं. १ देखि वडा नं. ३ सम्म खानेपानीको अत्यन्तै समस्या रहेको र बेलौरि नगरपालिका मा रहेको खानेपानी टेङ्की ले १ नम्बर वडा मा पहुच नपुग्ने हुनाले त्यहाँका जन्ताहरु विविध रोगले ग्रसित भयको हुनाले बेलौरि नगरपालिक १ मा एउटा खानखानेपानी टेङ्की ले १ नम्बर वडा मा पहुच नपुग्ने हुनाले त्यहाँका जन्ताहरु विविध रोगले ग्रसित भयको हुनाले बेलौरि नगरपालिक १ मा एउटा खानेपानीको टयाङ्की सहित पाईप लाईन बिस्तार गरि स्वच्छ खानेपानी को बिकास गरिदिन त्यहाँका स्थानिय टिम ले मन्त्री मगर लाई आग्रह गरेका छन । साथै सम्पूर्ण ताल तलैया तथा बिकासको लागि समेत पहल गरिदिन आग्रह गर्नु भयको थियो भने मन्त्री मगर ले आफुले यी जल्दबल्दा सम्स्याहरु लाई छिटोभन्दा छिटो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयको थियोे ।

Sharing is caring!

कैलालीको तेघरीमा २१ किलोमिटर दौड प्रतियोगिता हुने
बिहीबार, आश्विन ९ १७:४२
डोटिमा आयोजना हुने लोक सांस्कृतिक कार्यक्रमको तयारी पुरा
बिहीबार, आश्विन ९ १७:४२
shares