६ जेष्ठ २०८१, आईतवार
शनिबार, कार्तिक २ १५:१९

नेपाल भ्रमण बर्ष २०२० नजिकैदै जाँदा सरकारले अपेक्षाकृत रुपमा पर्यटन प्रवद्धनका कार्यक्रम अगाढी बढाउन नसकेको पर्यटन व्यवसायीहरुको गुनासो

धनगढी,नेपाल भ्रमण बर्ष २०२० नजिकैदै जाँदा सरकारले अपेक्षाकृत रुपमा पर्यटन प्रवद्धनका कार्यक्रम अगाढी बढाउन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल टुर एण्ड ट्राभल एसोसिएसन (नाटा) सुदूरपश्चिम प्रदेश कमिटिले शुभ दिपावली तथा छट पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।

नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष माया प्रकास भट्टले भ्रमण बर्ष नजिकिदै जाँदा पनि सुदूरपश्चिम प्रदेशमा पर्यटन सम्वन्धी गतिविधि अगाढी बढ्न नसकेको बताउनु भयो । भ्रमण बर्षलाई सफलपार्न निजी र सरकारी क्षेत्र सहकार्य गरी अगाढी बढ्नु पर्ने उहाँले बताउनु भयो ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम प्रदेशमा पर्यटनका अथाह सम्भावना रहे पनी सरकारी पक्षको उदासिनताका कारण ओझलमा परेको बताउनुभयो ।

नेपाल भ्रमण बर्ष २०२०का सुदूरपश्चिम पर्यटन प्रवद्धन समिती सदस्य किशोर खड्काले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा तयारी सुस्त रहेको बताउनु भयो । प्रदेशको पर्यटन प्रवद्धनका लागी सरकारी र निजी क्षेत्र सँग सहकार्य भइरहको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पर्यटक बोर्डका सदस्य कृष्ण महरा, उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवर, होटल ब्यावसायी संघ कैलालीका अध्यक्ष कलम बम, होटल ब्यावसायी प्रकाश भट्ट लगायतको उपस्थीति थियो ।

Sharing is caring!

कैलाली खेलकुद विकास समितिको अध्यक्षमा बाबुराजा श्रेष्ठ नियुक्त
शनिबार, कार्तिक २ १५:१९
नेपाल आयुर्वेध औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रादेसिक अधिवेशन धनगढीमा सम्पन्न, सरकारले आयुर्वेध औषधीको महत्व बुझन नसकेको गुनासो
शनिबार, कार्तिक २ १५:१९
shares