१८ बैशाख २०८३, शुक्रबार
शनिबार, कार्तिक २ १५:२३

नेपाल आयुर्वेध औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रादेसिक अधिवेशन धनगढीमा सम्पन्न, सरकारले आयुर्वेध औषधीको महत्व बुझन नसकेको गुनासो

धनगढी,नेपाल आयुर्वेध औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रादेसिक अधिवेशन धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सभा सांसद तथा समाजिक बिकास समिती समापती कुन्ती जोशीले दिप प्रज्यलन गरेर अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनमा सहभागी आयुर्वेध औषधी व्यवसायीहरुले सरकारले आयुर्वेध औषधीको महत्व बुझन नसकेको गुनासो गरेका छन् । नेपाल आयुर्वेध औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीले आयुर्वेध औषधीको प्रवद्धनको लागी सरकारी क्षेत्रबाट कुनै पहल नभएको बताउनु भयो । देशभर ४ हजार व्यवसायी रहेपनी बताउदै उहाँले आयुर्वेधको प्रवद्धनको लागी सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

सुदूरपश्चिम प्रदेश सभा सांसद तथा समाजिक बिकास समिती समापती कुन्ती जोशीले आयुर्वेध औषधीको प्रवछनको लागी प्रदेश सरकारले गम्भीर रहको बताउनु भयो ।सुदूरपश्चिम प्रदेश सभाबाट आयुर्वेध सम्वन्धी व्यवस्था गर्न बनेको बिद्येक पास भइरहकेको बताउँदै उहाँले यसको कार्यान्वयनमा जोड दिनुभयो ।

आयुर्वेध औषधी व्यवसायी दिपक गौतमको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन नवराज खनालले गर्नुभएको थियो ।कार्यक्रममा सातवटै प्रदेशका आयुर्वेधिक औषधी व्यवसायीहरुको सहभागीता रहेको थियो ।

Sharing is caring!

Latest News

नेपाल भ्रमण बर्ष २०२० नजिकैदै जाँदा सरकारले अपेक्षाकृत रुपमा पर्यटन प्रवद्धनका कार्यक्रम अगाढी बढाउन नसकेको पर्यटन व्यवसायीहरुको गुनासो
शनिबार, कार्तिक २ १५:२३
नेपाल आयुर्वेध औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा : गौतम
शनिबार, कार्तिक २ १५:२३