धनगढीका सामुदायीक विद्यालयका छात्राहलाई निःशुल्क सेनिटरी प्याड बितरण गरिने ।
धनगढी,
धनगढी उप–महानगरपालिका क्षेत्रका सामुदायीक विद्यालयका छात्राहरुले निःशुल्क सेनिटरी प्याड पाउने भएका छन् । जिआईजेड र मित्र समाजको साझेदारी तथा धनगढी उप–महानगरपालिको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्य र महिनावारी सरसफाई ब्यबस्थापन सम्वन्धी कार्यक्रम अन्तरगत धनगढी उप–महानगरपालिका क्षेत्रका ४५ वटा सामुदायीक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्न थालेको हो ।
विद्यालयमा छात्राहरुले सेनिटरी प्याड निःशुल्क पाउने भएपछि महिनावारी भएका कारण छात्राहरु नियमित विद्यालय नआउने समस्या समाधान हुने धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताउनुभयो । छात्राहरु नियमित विद्यालय आउन थालेपछि विद्यालय छोड्नेदर पनि घट्ने नगरप्रमुख वडले बताउनु भयो ।सबै विद्यालयहरुमा छात्रामैत्री सौचालय निर्माण गर्ने काम भैरहेको उहाँले जानकारी दिनुभयो ।

सामाजिक बिकास मनत्रालयका सुचना अधिकारी हेमराज खड्काले छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम निकै प्रभावकारी भएको बताउनु भयो । छात्रा संगै महिनाबारी भएको बेला विद्यालय नआउने शिक्षिकाहरुलाई पनि नियमित बिद्यालय आउन सहयोग पुग्ने उहाँले बताउनुभयो । साथै उहाँले सामुदायीक विद्यालय संगै संस्थागत विद्यालयमा पनि छात्राहरुका लागि सेनिटरी प्याडको ब्यबस्था गरीनु पर्ने बताउनु भयो ।
कैलालीको गोदावरी नगरपालिकाका शिक्षा महाशाखा प्रमुख बसन्त खत्रीले छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम निकै प्रभावकारी भएको बताए । उनले भने, यसले छात्रा संगै महिनाबारी भएको बेला विद्यालय नआउने शिक्षिकाहरुलाई पनि नियमित बनाउँछ ।
कार्यक्रममा सहभागीहरुले सामुदायीक विद्यालय संगै संस्थागत विद्यालयमा पनि छात्राहरुका लागि सेनिटरी प्याडको ब्यबस्था गर्नुपर्ने सुझाव दिए ।
