८ बैशाख २०८१, शनिबार
बुधबार, कार्तिक ६ ०८:१९

धनगढीमा कार्तिक १६ गतेबाट एलपीएल क्रिकेट प्रतियोगिताको हुने,तयारी तीव्र

धनगढी,  धनगढीमा कार्तिक १६ गतेबाट आयोजना हुने लिटल फ्लावर प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्कार क्रिकेट एकेडेमीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी तीब्र पारिएको जानरी दिएको हो । एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको ८० प्रतिशत तयारी सकिएको जानकारी गराउँदै खेल मैदान र पीच निर्माण कार्य जारी रहेको जानकारी दिए ।


कार्तिक १६ देखि २६ गतेसम्म धनगढीकै संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा देशरभरका १२ विद्यालयको सहभागीता रहने शाहीको भनाई छ ।

प्रतियोगिताको विजेताले २ लाख पुरस्कार राशी प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी, उपविजेताले नगद एक लाख, प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

लिगकम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी हुनु पर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरुमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष शाहीले बताए । धनगढी क्रिकेटको सहर भइसकेपछि विद्यालय स्तरीय प्रतियोगिता हुन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीले प्रतियोगिताका लागि प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले क्यानको निलम्बन फुकुवा भइसकेको कुरा उल्लेख गर्दै यो लगायत अन्य प्रतियोगितामा समेत आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।

यसैगरी, मुख्य प्रायोजक निष्ट कलेजका संस्थापक प्राचार्य डा. माधवप्रसाद बरालले निस्ट कलेजले एलपीएललाई विगतदेखि नै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

Sharing is caring!

दुर्गेशले हटाए युटुवबाट ‘ह्याप्पी तिहार, चिसो बियर’पक्राउ पछि
बुधबार, कार्तिक ६ ०८:१९
नेपाली चलचित्र स्वोर्णिम महोत्सव’को औपचारीक घोषणा,बिरगञ्जमा हुने
बुधबार, कार्तिक ६ ०८:१९
shares