१८ बैशाख २०८३, शुक्रबार
बिहीबार, कार्तिक ७ ११:१७

नेपाली चलचित्र स्वोर्णिम महोत्सव’को औपचारीक घोषणा,बिरगञ्जमा हुने


काठमाडौं ,नेपाल चलचित्र निर्माता संघको आयोजनामा हुन लागेको तराइ, पहाड, हिमालको उत्सव- ‘नेपाली चलचित्र स्वोर्णिम महोत्सव -२०७६’ को औपचारीक घोषणा भएको छ। उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवको बारेमा जानकारी दिएका हुन्।

उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पत्रकार संगै चलचित्र कलाकार संघको अध्यक्ष रविन्द्र खड्का, निर्माता माधव वाग्ले, कलाकार दीपकराज गिरी, सुनिल कटवाल र अन्य थुप्रै संघ संस्थाको पदाधिकारीको उपस्थिति थियो।

IMG_8411



कला, संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवर्धन गर्दै प्रदेश नम्बर २ का जनता संग चलचित्रको आत्मियता बढाउनु यो महोत्सवको मुख्य उधेश्य रहेको निर्माता संघको अध्यक्ष आकाश अधिकारीले बताए। राष्ट्रिय, अन्तराष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरु र चलचित्र क्षेत्र बिचको दुरी कम गराइ यस चलचित्र उधोग प्रति लगानि आकर्षण गराउनु पनि यसको उदेश्य रहेको उनले बताए। चलचित्रको माध्यबाट पर्यटन प्रवर्धन गर्दै स्वदेशी उत्पादनको प्रवर्धन हुने भएकाले यो महोत्सवको आयोजना गरीएको अधिकारीको भनाई छ। Ad 


यस्तै, कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघकि अध्यक्ष भवानी राणाले नेपाली फिल्म हेर्ने दर्शकको संख्यामा वृद्धि गर्नका निम्ति यो महोत्सवले ठुलो भूमिका खेल्ने बताईन। चलचित्रले पनि देशको आर्थिक परिचालन गर्न सक्ने र बिदेशीहरुलाई आकर्षण गर्ने हुदा यसले ठुलो फाइदा हुने बताईन। 

IMG_8365



कात्तिक २१, २२ र २३ गते हुने महोत्सवमा निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, संगीतकार, गायक, गायिका, बितरक, प्रदर्शक तथा पत्रकार हरुको बाक्लो उपस्थिति हुनेछ। नेपाल चलचित्र क्षेत्रका साथै भारत बाट पनि अतिथी कलाकारहरु, लेखक तथा सिनेमाटोग्रफरहरुको उपस्थित रहने छ। प्रदेश नम्बर २ बाट सुरु भएको यो महोत्सव सात ओटै प्रदेशमा बर्षे पिच्छे हुने जानकारी गराइएको छ।
http://newspage3.com साभर


Sharing is caring!

Latest News

धनगढीमा कार्तिक १६ गतेबाट एलपीएल क्रिकेट प्रतियोगिताको हुने,तयारी तीव्र
बिहीबार, कार्तिक ७ ११:१७
फोनिज सुदूरपश्चिमको अध्यक्षमा : चौधरी
बिहीबार, कार्तिक ७ ११:१७