१८ बैशाख २०८३, शुक्रबार
शुक्रबार, कार्तिक ८ १२:४७

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक धनगढी उपमहानगरपाले ३ बर्षे प्राविधिक कोर्ष सञ्चालन गर्दै ।


धनगढी,
धनगढी उपमहानगरपालीकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने स्विकृती पाएको छ । सिटिइभिटी सँगको साझेदारीमा धनगढी उपमहानगरपालीकाले प्राविधिक शिक्षालय संञ्चालन गर्ने तयारी गरेको छ ।

शुक्रवार धनगढीमा पत्रकार सम्मलेन गर्दै उपत्यका वाहिर प्राविधिक शिक्षालय आफै सञ्चालनको जिम्मा पाउने धनगढी उपमहानगरपालीका पहिलो भएको जनाइएको छ । अव सिटिइभिटीको साझेदारीमासुदूरपश्चिम प्रदेशमै पहिलो पटक डिप्पोमा ३ बर्षे होटल म्यानेजमेन्ट र ३ बर्षे अटो मोवाइल सञ्चालन गरिने धनगढी उपमहानगरपालीकाका मेयर नृप वडले बताउनु भयो ।



सिटिइभिटी सुदूरपश्चिम प्रदेश निर्देशक कुश्माकर भट्टले प्राविधिक शिक्षाको बिकास सँगै रोजगारी शिर्जनाको लागी धनगढी उपमहानगरपालीका सँग समझदारी गरिएको बताउनु भयो । प्राविधिक शिक्षा सञ्चालन गर्ने धनगढी उपमहानगरपालीका नेपालमै दोस्रो भएको जानकारी दिदै उहाँले स्थानिय तहबाटै गुणस्तरीय प्राविधिक शिक्षाको अपेक्षा गरिएको बताउनु भयो ।



धनगढी उपमहानगरपालीकाले सुदूरपचिम प्रदेशमै पहिलो पटक डिप्पोमा ३ बर्षे होटल म्यानेजमेन्ट र ३ बर्षे अटो मोवाइल कोर्ष सञ्चालन गर्न लागेको छ । होटल म्यानेजमेन्टका लागी ४० र अटो मोवाइल कोर्षकालागी ४८ कोटा निर्धारण गरिएको छ । उप महानगरपालीकाले कार्तिक १७ गते भित्र आवश्यक कागजात सहित नाम दर्ता गराइसक्न अनुरोध गरेको छ ।

Sharing is caring!

Latest News

फोनिज सुदूरपश्चिमको अध्यक्षमा : चौधरी
शुक्रबार, कार्तिक ८ १२:४७
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सुदूरपश्चिममा तयारी सुरु,पर्यटन प्रवद्धनको लागी पर्यटन मन्त्री माया भट्टको संयोजगत्वमा ३६ सदस्य समिती गठन ।
शुक्रबार, कार्तिक ८ १२:४७