१९ असार २०८३, शुक्रबार
शुक्रबार, कार्तिक ८ १७:५०

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सुदूरपश्चिममा तयारी सुरु,पर्यटन प्रवद्धनको लागी पर्यटन मन्त्री माया भट्टको संयोजगत्वमा ३६ सदस्य समिती गठन ।


धनगढी, – सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष भिजिट नेपाल २०२० को रूपमा मनाउने घोषणा गरेको छ । सरकारले भ्रमण अवधिभर २० लाख पर्यटक भित्र्याइ उच्च आर्थिक वृद्धि गर्ने कार्यक्रम ल्याएको छ । भूमण बर्ष २०२० लाई लाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा पनी तयारी थालिएको छ ।

शुक्रवार सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन बन तथा वातावरण मन्त्री माया भट्टले पर्यटन प्रवद्धनको लागी गतिविधी अगाढी बढाइएको जानकारी दिनुभयो । प्रदेशमा पर्यटन बिकासको लागी पर्यटन प्रवर्द्धन समिति गठन भैसकको बताउदै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका पर्यटकिय ठाँउको प्रचार प्रसारमा जोड दिने बताउनु भयो ।

पत्रकार सम्मेलनमा प्रदेश राज्यमन्त्री प्रकाश रावलले पर्यटनको माध्यमबाटै सुदूरपश्चिमको बिकास गर्न सकिने बताउनु भयो । सुदूरपश्चिमलाई पर्यटकको भर्जिन गन्तव्यको रूपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धि गर्ने उद्देश्यका साथ सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको मन्त्री रावलले बताउनु भयो ।

भ्रमण बर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रसँग समन्वय भइरहेको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । सुदूरपश्चिममा पर्यटन प्रवद्धनको लागी पर्यटन मन्त्री माया भट्टको संयोजगत्वमा ३६ सदस्य समिती गठन गरिएको छ ।

Sharing is caring!

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक धनगढी उपमहानगरपाले ३ बर्षे प्राविधिक कोर्ष सञ्चालन गर्दै ।
शुक्रबार, कार्तिक ८ १७:५०
सप्तरङ्ग२ आईडल रविदेखि महानायक राजेश हमालको बेजोड प्रस्तुति शनिबार महेन्द्रनगरमा
शुक्रबार, कार्तिक ८ १७:५०