२० असार २०८३, शनिबार
कैलालीको चुरे क्षेत्रमा रहेको ऐतिहासिक गर्भा दरबार क्षेत्र पहिलो पटक सडक सञ्जालमा जोडियो, घर आगमनमै गाढी सञ्चालन भए सँगै सर्वसाधारणहरु  हर्षित ।
शनिबार, कार्तिक ३० १७:१४

कैलालीको चुरे क्षेत्रमा रहेको ऐतिहासिक गर्भा दरबार क्षेत्र पहिलो पटक सडक सञ्जालमा जोडियो, घर आगमनमै गाढी सञ्चालन भए सँगै सर्वसाधारणहरु हर्षित ।


धनगढी,
कैलालीको चुरे क्षेत्रमा रहेको ऐतिहासिक गर्भा दरबार क्षेत्र पहिलो पटक सडक सञ्जालमा जोडिएको छ । गर्भा दरबार क्षेत्र सुगम जिल्ला मानिने कैलालीको दुर्गम क्षेत्रमा रहेको छ । भौगोलिक विकटताको समस्या झेल्दै आएका साविक खैराला गाविसका स्थानीयवासी पहिलो पटक सडक सञ्जालसँग जोडिँदै गाडी पुगेपछि हौसिएका छन् ।

सुगम जिल्लाको दुर्गम ठाँउका रुपमा परिचित छ कैलालीको चुरे क्षेत्र । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमै अवस्थी यो क्षेत्र राज्यको उपेक्षाका कारण दुर्गम क्षेत्रका रुपमा चिनिन्छ । तर अव भने चुरे क्षेत्र सडक सञ्चाल सँग जोडिए पछि स्थानिय निकै हर्षित भएका छन् ।


चुरे क्षेत्रमा गाडी पुगेपछि आवागमन र मालसामान ढुवानीका लागि सहज हुने भएकाले सर्वसाधारणहरु निकै खुशी छन । बिगतमा चुरे क्षेत्रमा उत्पादित बस्तुले बजार नपाउने समस्या रहेपनि अव भने सडक संञ्जालको बिस्तार भए सँगै चुरैमा उत्पादित चिजले बजार पाउने भन्दै कृषक पनि मख्ख छन् ।



पूर्वपश्चिम राजमार्गको चौमाला सडकखण्डदेखि उत्तरी चुरे पहाड गर्भा दरबारसम्म पैदल हिँडेर एक दिन लाग्ने गर्छ । सडक सञ्जाल जोडिएपछि अब दुई घण्टामै पुग्न सकिने भएको छ । चुरेक्षेत्रलाई सडक सञ्जाल सँग जोडन २०६५ सालबाट कुँरा चलेपनि झन्डै १० बर्ष पछि सडक बिस्तार भएको छ । सडकलाई थप व्यस्थीत गर्न पहल भइरहेको छ ।
वाईट.. चन्द्रदेव भट्ट,सव ईन्जीनियर चुरे गाँउपालीका
कैलालीको चौमालाबाट चुरेको गर्भा सम्मको २२ किलोमिटर सडक झन्डै १ करोडको लागतमा निर्माण भइरहेको छ । सडक बिस्तारका लागी ५० लाख गाँउपालीका र ५० लाख प्रदेश सरकारले बिनियोजन गरेको छ । सडक सञ्जाल जोडिए सँगै पर्यटन प्रवद्धनमा पनि ठेवा पुग्ने अपेक्षा गरिएको छ ।


चुरे गाँउपालीकालाई सडक सञ्जाल सँग जोड्न प्रयास एक दशक पछि सफल भएको छ । सडक सञ्जाल जोडिए सँगै चुरेमा आर्थिक गतिविधीमा बिकास सँगै पर्या–पर्यटन र स्वास्थ्य सेवाको पनि पहँुचमा बृद्धी पुग्ने देखिन्छ । सँडक सञ्जाल सँग जोडिएर हुँदैन अव १२ महिना सडक सञ्चालनका लागी सरोकारवाला निकायले पूर्वाधार बिकास गर्न जरुरी छ ।

Sharing is caring!

सप्तरङ्ग२ आईडल रविदेखि महानायक राजेश हमालको बेजोड प्रस्तुति शनिबार महेन्द्रनगरमा
शनिबार, कार्तिक ३० १७:१४
भोली देखी धनगढी विमानस्थल १ महिनाका लागी बन्द हुने
शनिबार, कार्तिक ३० १७:१४