१८ बैशाख २०८३, शुक्रबार
एक नम्बरको मन्त्रालय बनाउँछु उद्योगलाई  , मन्त्री लेखराज भट्ट
बिहीबार, मंसिर ५ १६:२७

एक नम्बरको मन्त्रालय बनाउँछु उद्योगलाई , मन्त्री लेखराज भट्ट

काठमाडौं,


नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका छन् । पुरानो ढर्राले नभई समाजवाद उन्मुख कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले भने, ‘समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्नुपर्छ । पुरानो ढर्राले अघि बढ्न सकिन्न ।’ सिक्ने र सिकाउने गरेर मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने उनले बताए । कार्यसम्पादनको क्रममा सेवाग्राही अलमल नपरुन् भनेर उनले कर्मचारीहरुलाई सचेत गराए ।

दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका उनले भने, ‘अहिलेसम्म मन्त्रालयले पहिल्याएको समस्या समाधान गर्दै अघि बढ्नुपर्छ । सेवाग्राही अलमलमा नपर्ने गरी कार्यसम्पादन होस् । यो मन्त्रालयमा अनुशासनहीन काम नहोस् ।

Sharing is caring!

Latest News

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक धनगढी उपमहानगरपाले ३ बर्षे प्राविधिक कोर्ष सुरु,
बिहीबार, मंसिर ५ १६:२७
नवनियुक्त स्वास्थ्य मन्त्रीलाई अमेरिकाबाट स्वास्थ्यकर्मीको पत्र
बिहीबार, मंसिर ५ १६:२७