१८ बैशाख २०८३, शुक्रबार
बुधबार, मंसिर ४ १८:०२

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक धनगढी उपमहानगरपाले ३ बर्षे प्राविधिक कोर्ष सुरु,


धनगढी,
धनगढी उपमहानगरपालीकाले प्राविधिक शिक्षालय सञ्चालन गरेको छ । सिटिइभिटी सँगको साझेदारीमा उपमहानगरपालीकाल धनगढी पोलीक्लिनिक इन्सीच्यिुट संञ्चालन गरेको हो । ३ बर्षे अटो मोवाइल कोर्षमा १५ जनाले अध्ययन सुरु गरेका छन्

बुधवार धनगढीमा इन्सीच्यिुटको उद्धघाटन गर्दै नगर प्रमुख नृप वडले बिद्यमान बरोजगारीको समस्या समाधानको लागी प्राविधिक शिक्षामा जोड दिनुभयो । बेरोजगारी अन्त्यका लागी उपमहानगरपालीकाले प्राविधिक शिक्षालय सञ्चालन गरेको बताउनुभयो ।

धनगढी उपमहानगरपालीकाले उपत्यका वाहिर पहिलो पटक प्राविधिक शिक्षालय आफै सञ्चालन गरेको सिटिइभिटी सुदूरपश्चिम प्रदेश निर्देशक कुश्माकर भट्टले बताउनुभयो । प्राविधिक शिक्षाको बिकास सँगै रोजगारी शिर्जनाको लागी धनगढी उपमहानगरपालीका पहल थालेको बताउदै उहाँले स्थानिय तहबाटै गुणस्तरीय प्राविधिक शिक्षाको अपेक्षा गरिएको बताउनु भयो ।

धनगढी उपमहानगरपालीकाले सुदूरपचिम प्रदेशमै पहिलो पटक डिप्पोमा ३ बर्षे होटल म्यानेजमेन्ट र ३ बर्षे अटो मोवाइल कोर्ष सञ्चालन गरेको छ ।
होटल म्यानेजमेन्टका लागी ४० र अटो मोवाइल कोर्षकालागी ४८ कोटा निर्धारण गरिए पनि १५ जना मात्रै आवेदन दिएका थिए ।

Sharing is caring!

Latest News

२०करोडको लागतमा खप्तड जोडने बिशेष मार्ग निर्माण हुने
बुधबार, मंसिर ४ १८:०२
एक नम्बरको मन्त्रालय बनाउँछु उद्योगलाई , मन्त्री लेखराज भट्ट
बुधबार, मंसिर ४ १८:०२