मंगलवार, मंसिर ३ १०:२४
२०करोडको लागतमा खप्तड जोडने बिशेष मार्ग निर्माण हुने
डोटीको पूर्वीचौकी गाँउपालीका वडा नम्वर २ मा धार्मिक पर्यटनका बिषयमा सरोकारवालाहरु बिच छलफल भएको छ । बगलेखको बराहि मन्दिरमा जगत गुरु बालशंन्त महाराज मोहनशरण देवाचार्यकोे प्रमुख आथित्यतामा सोमवार छलपल भएको हो ।

धार्मिक पर्यटनको बिकासका लागी डोटीको बगलेखहुँदै कैलास पर्वत,मानसरोवर र खप्तड जोड्ने पथ निर्माण गर्ने सहमती जुटेको छ । २०करोडको लागतमा खप्तड जोडन बिशेष मार्ग निर्माण गर्ने सहमती भएको डोटीको पूर्वीचौकी गाँउपालीका अध्यक्ष दिर्घ बोगटीले बताउनुभयो ।

छलफलमा दिपायल सिलगढी नगरपालीका मेयर मञ्जु मलासी,पूर्वीचौकी गाँउपालीका अध्यक्ष दिर्घ बोगटी, जगत गुरु बालशंन्त महाराज मोहनशरण देवाचाय र भ्रमण बर्ष २०२०का सदस्य रमण श्रेष्ठ लगायतकाको सहभागीता रहेको थियो ।

