२० असार २०८३, शनिबार
सोमबार, मंसिर २ ०७:०१

कञ्चनपुरको पुनर्वासमा भेट्रान फुटबल प्रतियोगिता हुने

कञ्चनपुर, ०१ मंसिर । कञ्चनपुरको पुनर्वासमा क्रिश्टमशको अवसरमा अरनिको भेट्रान क्लबको आयोजनामा दोस्रो नगरस्तरीय मैत्रीपूर्ण खुल्ला भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यही मंसिर २६ गतेदेखि फुटबल प्रतियोगिता सञ्चालन हुनेछ ।

करीब दुई लाख ६२ हजारको बजेटमा सम्पन्न गर्ने लक्ष्य लिइएको प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८० हजार रूपैयाँ र द्वितीय हुने टिमलाई नगद ४० हजार रूपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने  क्लबका प्रेस सल्लाहकार किशोर कुमार तामाङले जानकारी दिनुभयो ।

नेपाल र भारतका गरी १६ टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा ३५ वर्ष माथि उमेरसमुहका खेलाडीले सहभागी हुन सक्ने क्लबका अध्यक्ष मान बहादुर तामाङले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जित बहादुर तामाङले खेलकुदबाट पुनर्वासलाई चिनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

Sharing is caring!

धनगढी उपमहानगरपालिकाले ११ वटा वडामा आधुनिक स्वास्थ्य चौकी भवन बनाउँन शुरु गर्यो
सोमबार, मंसिर २ ०७:०१
२०करोडको लागतमा खप्तड जोडने बिशेष मार्ग निर्माण हुने
सोमबार, मंसिर २ ०७:०१