१८ बैशाख २०८३, शुक्रबार
धनगढी उपमहानगरपालिकाले ११ वटा वडामा आधुनिक स्वास्थ्य चौकी भवन बनाउँन शुरु गर्यो
शनिबार, कार्तिक ३० १७:४२

धनगढी उपमहानगरपालिकाले ११ वटा वडामा आधुनिक स्वास्थ्य चौकी भवन बनाउँन शुरु गर्यो

धनगढी,  सवै नागरिक लाई स्वास्थ्य सेवा घर दैलोमा पु¥याउँने उदेश्यले धनगढी उपमहानगरपालिकाले ११ वटा वडामा आधुनिक स्वास्थ्य चौकी भवन बनाउँन शुरु गरेको छ ।

जनताको घरदैलोमा सर्व सुलभ स्वास्थ्य सेवा प्रदान गर्न ११ वटा वडामा नयाँ तथा आधुनिक स्वास्थ्य चौकी भवन बनाउँन शुरु गरेको उपमहानगरपालिकाले जनाँएको छ । स्वास्थ्य भवन निर्माण भएपछि सामान्य उपचारका लागी ठुल्ला अस्पताल धाउनु पर्ने बाध्यताको अन्तेय हुने धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम रानाले बताए ।
नयाँ तथा आनुनिक प्रविधीमा बन्ने स्वास्थ्य चौकी भवनका लागी नगरपालिकाले ४ करोड ५० लाख खर्च गदै छ । नगरपालिका इन्जीनियर कमल ओझले ११ वटा वडामा भ्याट बाहेक प्रत्येक भवन ४० लाख रुपैयामा ठेक्का समझौता भएको बताए । उनले हरेक भवनमा ३ वटा कोठा र एक स्टोर कोठा हुने बताए ।

धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले सवै नागरिक लाई सर्व सुलभ स्वास्थ्य सेवा घरदैलोमा प्रदान गर्न उदेश्यले स्वास्थ्य चौकी भवन निर्माण हुने बताए । वडा नम्बर ११, ५, ९, १३, १५, १७, १८, १४, ८, ७ र ३ मा नयाँ स्वास्थ्य चौकी भवन निर्माण हुने छ । १७ वटा वडामा स्वास्थ्य चौकी भएपनि वडा नम्बर १ र ४ मा अहिले सम्म प्रक्रिया अगाडी बढेको छै्न् । मेयर वडले सवैमा वडा भवन निर्माणका लागी पहल भईरहेको बताए ।


११ वटा स्वास्थ्य चौकी भवन निर्माणको जिम्मा एसइ कन्र्टक्सन काठमाण्डौले पाएको छ । भवन निर्वाणको अवधी १५ महिना तोकिएको छ । तर एसइ कन्र्टक्सन म्यानेजर एकेन्द्र मल्ले समय भन्दा अगाडी नै सवै स्वास्थ्य चौकी भवन हस्तान्त्रण गर्न दावी गरेका छन् ।

Sharing is caring!

Latest News

भोली देखी धनगढी विमानस्थल १ महिनाका लागी बन्द हुने
शनिबार, कार्तिक ३० १७:४२
कञ्चनपुरको पुनर्वासमा भेट्रान फुटबल प्रतियोगिता हुने
शनिबार, कार्तिक ३० १७:४२