कैलालीको कैलारी गाँउपालीे एक बर्ष भित्रै पूर्ण साक्षर घोषणा हुने अध्यक्ष लाजुराम चौधरीको दावी, सडक निर्माण,कृर्षी पर्या प्रर्यटन बिशेष प्राथमिकतामा
कैलाली , कैलालीको कैलारी गाँउपालीका अध्यक्ष राजुराम चौधरीले एक बर्ष भित्रै गाँउपालीकालाई पूर्ण साक्षर घोषणा गरीने बताउनु भएको छ ।
अध्यक्ष चौधरीले गाँउपालीकालाई कृर्षी हवका रुपमा बिकास गरिने योजना रहेको बताउनुभयो । यसका लागी पूर्वाधार निर्माणमा जोड दिइरहेको उहाँको भनाई छ ।
कैलारी गाँउपालीकामा भौतीक पूर्वाधारका लागी सडक निर्माणमा जोड,कृर्षी पर्या प्रर्यटन बिशेष प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । बरोजगार युवाहरुलाई स्थानिय स्तरमै रोजगारी प्रदान गर्न विभिन्न उद्योग समेत निर्माण गरीएको उहाँले बताउनुभयो ।
बिगतमा पूर्वाधार अभावले बिकटको क्षेत्रको रुपमा परिचित कैलारी गाँउपालीकामा स्थानियतहको निर्वाचन पछि बिकास निर्माणले गतिलिन थालेको छ ।
चालु आर्थिक बर्षको लागी बिनियोजित ४६ करोड ३ लाख १५ हजार रकम बजेट मध्ये यस्को २९.१२ प्रतिशत रकम खर्च भइसकेको छ । हाल सम्म चालु र पुँजीगत दुवै तर्फ १३ करोड ४० लाख ४४ हजार रकम खर्च भइसकेको छ । असार मशान्त सम्म बिनियोजित सबै बजेट खर्च गरिसक्ने गाँउपालीकाले जनाएको छ ।
