१८ बैशाख २०८३, शुक्रबार
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गते देखी पुष १ सम्म सुदूरपश्चिम महोत्सव हुने, भ्रमण बर्ष२०२०मा पर्यटन प्रवद्धनमा टेवा पुग्ने अपेक्षा
मंगलवार, मंसिर १० १८:१८

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गते देखी पुष १ सम्म सुदूरपश्चिम महोत्सव हुने, भ्रमण बर्ष२०२०मा पर्यटन प्रवद्धनमा टेवा पुग्ने अपेक्षा


धनगढी,

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गते देखी पुष १ गते सम्म सुदूरपश्चिम महोत्सव सञ्चालन हुने भएको छ । समृद्ध सुदूरपचिमका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ महोत्सव सञ्चालन हुने मंगलवार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले संघीय प्रहरी ईकाइको मैदानमा हुने महोत्सवको तयारी सुरु भईसकेको जानकारी दिनुभयो । अध्यक्ष कुँवरले भ्रमण बर्षलाई लक्षित गर्दै पर्यटन प्रवद्धनमा टे.वा पुयाउन महोत्सवले विशेष भुमिका खेल्ने बताउनुभयो । महोत्सवको तयारीकालागी २६ उप समिती गठन गरिएको उहाँले बताउनुभयो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतिका साथै सात नम्बर प्रदेशका विभिन्न कला र संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिने छ । महोत्सवमा विभिन्न खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामाग्रीहरुका साथै बालबालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था गरिने आयोजकले जनाएको छ । सुदूरपश्चिम महोत्सव’ मा ३ सय स्टलहरु राखिने छन् । २०६३ सालबाट कैलाली उद्योग वार्णिज्य संघले महोत्सव निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ।

Sharing is caring!

Latest News

कैलालीको कैलारी गाँउपालीे एक बर्ष भित्रै पूर्ण साक्षर घोषणा हुने अध्यक्ष लाजुराम चौधरीको दावी, सडक निर्माण,कृर्षी पर्या प्रर्यटन बिशेष प्राथमिकतामा
मंगलवार, मंसिर १० १८:१८
विराज भट्टको ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक
मंगलवार, मंसिर १० १८:१८