१८ बैशाख २०८३, शुक्रबार
कुटो कोदालो कृषि सहकारीको तेस्रो सधारण सभा सम्पन्न
शनिबार, मंसिर १४ ०८:३८

कुटो कोदालो कृषि सहकारीको तेस्रो सधारण सभा सम्पन्न


कैलाली
कुटो कोदालो आधुनिक कृषि सहकारी संस्था लिमिटेडको तेस्रो बार्षीक साधारण सभा सम्पन्न भएको छ । कुटो कोदालो आधुनिक कृषि सहकारीले धनगढी उपमहानगरपालिका १४ फुलबारीमा विगत तिन बर्षदेखी काम गर्दै आएको थियो ।
बि.सं. २०७३ फागुनमा स्थापना भएको सहकारीमा हालसम्म १ सय २७ जना सेयर सदस्य रहेका छन् । सधारण सभामा सहकारीका लेखा समिती संयोजक लिलाधर तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक बर्ष २०७५÷०७६ मा १ करोड ८९ हजार र आर्थिक बर्ष २०७६÷०७७ मा झण्डै १ करोड १३ लाख ४९ हजार बराबर आर्थिक कारोबार गरेको आय ब्याय पस्तुत गरे ।
साधारण सभामा सहकारीका अध्यक्ष ओम प्रसाद शर्माले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै परम्परागत कृषि पेशालाई रुपान्तरणको लागी कुटो कोदालो आधुनिक कृषि सहकारीको स्थापना भएको बताए । ग्रामिण क्षेत्रका किसानहरुले मल, बिउ लगाएत सिचाईका समस्याहरु भोग्नु परेको बताउदै सहकाकरीले उक्त क्षेत्रमा लगानि गर्दै समस्यालाई सम्बोधनका लागी पहल चालेको बताए ।
कार्यक्रममा जनजागृति माध्यामिक विद्यालयका प्रमुख टेक बहादुर क्षेत्रीले कृषकहरु अझैपनि मल बिउ नपाएर चिन्तीत हुनुपरेको गुनासो गर्दै यो बिषयलाई प्रदेश सरकारले गम्भिर रुपमा लिनुपर्ने धारणा राखे ।
कल्गी बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष राम चन्द्र चौधरीले प्रदेश सरकारले निमार्ण गरेको सहकारी ऐनमा अन्यौलता देखीएको बताउदै यसको समाधान खोज्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी तथा सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले कुटो कोदालो आधुनिक कृषि सहकारी कृषि क्षेत्रमा दिएको योगदानको सम्मान गर्नुपर्ने बताए । संविद्यानले अंगीकार गरेको सहकारी क्षेत्रहरुलाई सरकारले पुर्ण साथ र सहयोग गर्ने बताए । सरकारले चाहेको समृद्धी सहकारी क्षेत्रहरुबाट मात्रै सम्भव भएको बताउदै सरकारले ल्याएका कार्यक्रमहरु कार्यान्वयनको लागी सहकारीहरुले सहयोग गर्नुपर्ने बताए ।
मन्त्री बोहराले शुक्रबार मात्रै बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद्को बैठ्कबाट प्रदेश पुर्वाधार विकास कोषको बजेटबाट सहकारीहरुका भवन निमार्ण गर्नसक्ने निर्णय गरेको बताए, साथै प्रदेश सरकारले सहकारी नियमावली ल्याउन लागेको र सहकारीहरुलाई वर्गीकरण गरेर कार्यान्वयनमा ल्याउने बताए ।
यस्तै प्रदेश सासंद नेपालु चौधरीले सहकारी क्षेत्रले ग्रामीण क्षेत्रमा ठुलो योगदान दिएको बताए । ग्रामीण क्षेत्रको कृषि क्षेत्रमा योगदान दिने सहकारीहरुलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य देवि भण्डारी, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राम बजारी चौधरी, वडा नम्बर १८ का वडा अध्यक्ष मुरारी अधिकारी, स्थानिय जय नान्द भट्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सहकारीका सचिव कृत बहादुर बिष्टले गरेका थिए ।
कुटो कोदालो आधुनिक कृषि सहकारी संस्थाले मन्त्री बोहरालाई तिनबुदे ज्ञापनपत्र बुझाएको छ । भाडाको घरमा कार्यलय संचालन भएकोले ४ कोठे भबन, मलखाद, बिउबिजन संकलन केन्द्र र सुपथ मुल्य पसल सञ्चालनका लागी ज्ञापनपत्र बुझाएको हो । यस्तै साधारण सभाले सहकारीलाई विभिन्न क्षेत्रमा योगदान दिने चारजना सेयर सदस्यलाई सम्मान गरेको छ ।

Sharing is caring!

Latest News

विराज भट्टको ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक
शनिबार, मंसिर १४ ०८:३८
शिव शिखर कृर्षी सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा धनगढीमा सम्पन्न, सहकारी १९ लाख ५६ हजार २ सय ४१ नाफामा
शनिबार, मंसिर १४ ०८:३८