१८ बैशाख २०८३, शुक्रबार
शिव शिखर कृर्षी सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा धनगढीमा सम्पन्न, सहकारी १९ लाख ५६ हजार २ सय ४१ नाफामा
शनिबार, मंसिर १४ १७:२९

शिव शिखर कृर्षी सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा धनगढीमा सम्पन्न, सहकारी १९ लाख ५६ हजार २ सय ४१ नाफामा


धनगढी ,शिव शिखर कृर्षी सहकारी संस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा धनगढीमा सम्पन्न भएको छ । शनिवार एक भव्य समारोहका बिच धनगढीमा बार्षीक साधारण सभा सम्पन्न भएको हो ।



साधारणसभामा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष केदारनाथ शर्माले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले गत आर्थिक बर्ष सम्म एक अरब सरसट्टी करोड बैसट्टी लाखको कारोवार गरेको छ । शेयर पुँजी पनि एक करोडले बढेर ८ करोड ७५ लाख ७० हजार पुगेको छ ।

सहकारी १९ लाख ५६ हजार २ सय ४१ नाफामा रहेको संस्थाका अध्यक्ष शर्माले जानकारी दिनुभयो । चालुआर्थिक बर्ष ०७६÷७७ मा शेयर पुँजी १० करोड पुयाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।



कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार हरि बशिष्टले सहकारीमा महिला सहभागीता बढ्दै गएको बताउनुभयो । उहाँले सहकारी क्षेत्रबाट महिलाहरुले आर्थिक,सामाजिक रुपमा सवल भएको धारणा राख्नुभयो।



साधारणसभामा उत्कृष्ट कर्मचारी,बचतकर्ता,शेयर सदश्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भत्तपुर,कोहलपुर,चितवन,पोखरा,धनगढी र डडेल्धुराका शेयर सदश्य,सहकारीका पलाधीकारी र विभिन्न सरोकारवालाहरुको सहभागीता रहेको थियो।

Sharing is caring!

Latest News

कुटो कोदालो कृषि सहकारीको तेस्रो सधारण सभा सम्पन्न
शनिबार, मंसिर १४ १७:२९
गैरीगंगामा हिंसानिगरानी समुह गठन, संयोजकमा हेमन्त जोशी
शनिबार, मंसिर १४ १७:२९