११ असार २०८३, बिहीबार
अभिनेत्री रिचा शर्मा  बैबाहिक बन्धनमा बांधिन्
आईतवार, मंसिर २२ १९:३८

अभिनेत्री रिचा शर्मा बैबाहिक बन्धनमा बांधिन्

मंसिर ,नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री रिचा शर्मा आज बैबाहिक बन्धनमा बांधिएकी छन् । खास गरी आफ्नो विचार र अभिव्यक्तिका कारण चर्चामा आइरहने रिचा प्रेमी दिपेक्ष विक्रम रानासंग आज शनिबार बिबाह बन्धनमा बांधिएकी हुन् । प्राय हँसिलो मुद्रामा रहिरहने रिचा दुलहीको भेषमा निकै सुन्दर देखीएकी थिइन् । दुलहीको भेषमा सजिएकी रिचाले श्रीमान दिपेक्षको हात समाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेकी छन् “ जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’’

बिबाहको कुरा चले पछाडी नैे फिल्म “हिजो आजका कुरा’’को छायांकन सकाएकी रिचा अहिले भने कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । उनी कमेडी च्याम्पियनमा निर्णायकको भुमिकामा छिन् । नायिका रिचाले दिपेक्षसंग २ वर्ष सम्म डेट गरिन् । विगत २ वषर््ादेखी उनीहरु प्रेम सम्बन्धमा थिए तर बाठी रिचा प्रेम सम्बन्धलाई लुकाएर राख्न सफल भइन् ।

अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की, फेसन डिजाइनर सिवांगी प्रधान र केही नजिकका साथीहरुको साथमा रिचाले एक महिना अघि पोखरामा व्याचलर पार्टी दिएकी थिइन् । रिचा र दिपेक्षको विवाह समारोहमा दुई पक्षका परिवार र केही नजिकका फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । दिपेक्ष राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् । उनीहरु अब एक महिना पारिवारिक भेटघाट र घुमघामका लागी विदेश जाने बताइएको छ ।kalikanews

Sharing is caring!

Latest News

बझाङमा भयो मागी विवाह दलित र गैर दलित बिच
आईतवार, मंसिर २२ १९:३८
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन
आईतवार, मंसिर २२ १९:३८