हेमन्त होटलका संचालकको नजरमा,दृष्टी फाउन्डेशनमा ,
धनगढी उप महानगरपालिका हेमन्त होटलका संचनलक ३९ वर्षीय ज्ञानेन्द्र ख्वासे धनगढी स्थित बेसाहारालाई साहारा दिइरहेको दृष्टी फाउन्डेशनमा जन्मदिन मनाएका छन् । जन्म दिनको अवशर पारी होटलका संचालक ख्वासले फाउन्डेशनलाई खाद्यान्न लत्ताकपडा सहयोग गरेका हुन् ।

सरकारी नजर नपुगेको दृष्टी फाउन्डेसन यस्तै जन्म दिन र बैबाहिक बर्षगाँठ जस्ता कार्यक्रमलेनै चलेको छ । अभावै अभावमा सञ्चालिन दृष्टी फाउन्डेशनलाई होटलका संचालक ख्वासले न्यानो कपडा, खाद्यान्न लगायतका सामग्री सहयोग गरेका हुन् । सामाजिक सेवा र बिकासको उद्देश्य बोकेको बताउँदै होटलका संचालक ख्वासले अभावमा गुज्रिरहेको दृष्टी फाउन्डेशनलाई सहयोग गर्न पाउँदा खुशी ब्यक्त गरे ।

फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टले बेसाहारालाई साहारा दिने घरको आवश्कता रहेको बताइन् । समुदायको मुठस् दान र यस्तै जन्मदिनहरु मनाएर चलिरहेको फाउन्डेशन धनगढीमा स्थाई घर भईदिएको भए सहज हुने बताउनु भयो ।
