वडा नम्बर ३ का अध्यक्ष ऐरले दृष्टी फाउन्डेशनमा जन्मदिन मनाए
धनगढी उप महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादूर ऐरले धनगढी स्थित बेसाहारालाई साहारा दिइरहेको दृष्टी फाउन्डेशनमा जन्मदिन मनाएका छन् । जन्म दिनको अवशर पारी अध्यक्ष ऐरले फाउन्डेशनलाई खाद्यान्न लत्ताकपडा सहयोग गरेका हुन् ।

सरकारी नजर नपुगेको दृष्टी फाउन्डेसन यस्तै जन्म दिन र बैबाहिक बर्षगाँठ जस्ता कार्यक्रमलेनै चलेको छ । अभावै अभावमा सञ्चालिन दृष्टी फाउन्डेशनलाई अध्यक्ष ऐरले न्यानो कपडा, खाद्यान्न लगायतका सामग्री सहयोग गरेका हुन् । फाउन्डेशनलाई सहयोग गर्दै अध्यक्ष ऐरले राजनिति सामाजिक सेवा भएका कारण सेवालाईनै मुख्य प्राथमिकता दिएको बताए । घरमा जन्मदिन मनाउने चलन नबनाएपनि राजनितिक क्षेत्रमा आएसंगै जन्मदिन मनाउन थालेको उनले बताए ।

राजनितिमा लागेसंगै सामाजिक सेवा र बिकासको उद्देश्य बोकेको बताउँदै ऐरले अभावमा गुज्रिरहेको दृष्टी फाउन्डेशनलाई सहयोग गर्न पाउँदा खुशी ब्यक्त गरे । अध्यक्ष ऐरले राजनिति गर्ने संगै ब्यवसायीहरुलेपनि यस्ता क्षेत्रमा सहयोग गर्नुपर्नेमा जोड दिए । सडकमा छोडिएका मानिसको उद्धार गरी उनिहरुलाई पालनपोषण गरिरहेको दृष्टी फाउन्डेशनलाई आफ्नो निरन्तर सहयोग रहने उनले बताए । तडकभडकका साथ ठुलो खर्च गरी होटेलमा जन्म दिन मनाउनुभन्दा यस्ता ठाउँमा जन्मदिन मनाउनु मानवता हुने उनले बताए ।
दृष्टी फाउन्डेशनमा सहयोग गर्ने पहिलो जनप्रतिनिधी पाएको फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टले बताइन् । समुदायको मुठस् दान र यस्तै जन्मदिनहरु मनाएर चलिरहेको फाउन्डेशन धनगढी लगायत अन्य कुनै जनप्रतिनिधीको नजरमा पर्न नसकेको उनले बताइन् । फाउन्डेसनमा जन्मदिन मनाउन आउने पहिलो जनप्रतिनिधी बल बहादूर ऐर रहेको उनले बताइन् । ऐर जस्तै अन्य जनप्रतिनिधीकोपनि ध्यान यहाँ पुगे सञ्चालनमा सहज हुने उनको भनाइ थियो ।
