पत्थरमा प्राण खोज्दै दुई दाजु भाई
डडेल्धुरा ,पत्थरको मूर्ति बनाउनु या भनौ पत्थरमा कला भर्नु चानचुने विषय होइन । हतौडा र छिनाको भरमा पत्थरमा विभिन्न देवीदेवता लगायत विरविरंगना, महापुरुषको स्वरुप उतार्नु अत्यन्त जटिल कार्य हो । तर यही जटिला भित्र जीवन खोजिरहेका छन् डडेल्धुरा आलिताल गाँउपालीका ४ का हिरा विश्वकर्मा र शेरबहादुर विश्वकर्मा । यी दुवै दाजुभाइ डेढ दशक देखि यही काम गर्दै आएका छन् । उनीहरुको आम्दानीको श्रोत भनेपनि परिवार पाल्ने विकल्प भनेपनि यिन ढुंगामाथि मुर्ति कद्ने काम हो ।

हरेक दिन सेहडीको खोलाबाट ढुंगा ल्याउँछन् । अनि तिनै ढुंगामा भावना र अर्थ खोज्ने प्रयास गर्छन हीरा र शेरबहादुर । उनीहरुले बनाएका कलाकृतिहरुको माग बढ्दो छ । टाढा टाढाबाट खरिद गर्न मानिसहरु आउँछन् । तर भने जस्तो मुल्य नपाउने उनीहरुको भनाइ छ । जेठा हीरा र कान्छा शेरबहादुरको २४ जनाको परिवार छ ।

सवैको खर्च उनीहरु यिनै ढुंगाका कलाकृतिहरु बेचेर जुटाउने गर्छन । उनीहरुसँग बहुआयामिक प्रतिभा छ । तर कसैको साथ सहयोग नपाउँदा उनीहरु गाउँमा यसरी सस्तो श्रम बेच्न वाध्य छन् । भूमिशेरचनले भनेका थिए ।प्रतिभा खोज्नु छ गाउँ पस । यसैले यस्ता मूर्तिकारहरु, यस्ता प्रतिभाहरुलाई राज्यको साथ सहयोग जरुरी छ ।
