१२ असार २०८३, शुक्रबार
डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’ को शिर्ष गीत (बाध्यता) गीत सार्वजनिक (भिडियो सहित)
शुक्रबार, पुष १८ १८:३६

डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’ को शिर्ष गीत (बाध्यता) गीत सार्वजनिक (भिडियो सहित)

के एम मिडिया प्रालिबाट निर्मित डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’ को शिर्ष गीत (बाध्यता) गीत सार्वजनिक भएको छ । बिरेन्द्र सिंह (विरू) को निर्देशन डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’ को सो गीतमा शब्द, संगित सुर्य बिरहि साउदको रहेको छ । उक्त मार्मिक गीत सुर्य बिरहि साउद र कल्पना बिसीको स्वरमा रहेको छ । गीत स्टुडियो मालश्रीमा रेर्कडिङ गरिएको हो भने, गीतको एरेन्ज कुशल गायक तथा एरेन्जर बिनोद बाजुरालीले गरेका छन ।

गीत सार्वजनिक सँगै सर्जक तथा गायक सूर्य विरही साउदले विगत लामो समयको मिहेनत दर्शक श्रोतामाझ ल्याउन पाउदा निकै नै खुसि लागेको बताए । दर्पण दैनिकसँग कुरा गर्दै उनले गीत संगीत मार्फत जन्मभुमि र मातृभाषाको लागि थोरै भएपनि योगदान दिनुपर्ने बताए । डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’ बोर्डबाट पास भएको पहिलो चलचित्र हो । यसअघि अन्य चलचित्र बनेपनि विकास बोर्डबाट पास भएको यो पहिलो डोटेली भाषाको चलचित्र भएको निर्माण पक्षको दावी छ ।

चलचित्रमा शुकदेव सिंह, लक्ष्मी बिसी, राजकुमार जोशी मुख्य भूमिकामा छन् भने लक्ष्मण आर्याको पटकथा, जानकी ताम्राकारको कथा, वीरबहादुर अयरको संवाद, सुमित भट्टको छायांकन, विराज सिंहको द्वन्द्व, सूर्य विरही साउदको संगीत र गोविन्द मुखियाको नृत्य निर्देशन छ ।

‘धन्य मायाजाल’ को शिर्ष गीत

Sharing is caring!

Latest News

पत्थरमा प्राण खोज्दै दुई दाजु भाई
शुक्रबार, पुष १८ १८:३६
एउटै प्रकृतिको गल्तीमा कसैलाई चोख्याउने र कसैलाई नराम्ररी फसाउन खोज्ने प्रवृति बढेको छ ःमाधव नेपाल
शुक्रबार, पुष १८ १८:३६