सुदुरपश्चिमका हेभिईक्युपमेन्ट ब्यबसायिहरुकाे भेला धनगढिमा सम्पन्न
सुदुरपश्चिम हेभिईक्युपमेन्ट ब्यबसायि सघले अायाेजना गरेकाे भेला सम्पन्न भएकाे हाे । भेलामा ब्यबसायिकाहरुका समस्यामा सबैले एकजुट भएर लाग्नु बताएका छन । कार्यक्रममा बाेल्दै निर्माण ब्यबासायि सघ कैलालिका अध्यक्ष यज्ञराज उपाध्यायले हेभिईक्युपमेन्टमा क्षेति हुदा डिजलकाे बिमा नहुदा मारमा पर्ने गरेकाे बताउनु भयाे । उहाले हेभिईक्युपमेन्ट बिक्रि गर्ने ब्यबसायिहरुलाई मेसिन सर्भिसकाे उचित ब्यबस्थाका साथै र रिसेलकाे ब्यबस्था गर्न माग गर्नु भयाे । हेभिईक्युपमेन्ट सघका केन्द्रिय उपाध्यक्ष दिल बहादुर अाेलिले ब्यबसायिहरु एकता नहुदा राज्यले अपहेलना गर्ने गुनासाे गर्नु भयाे । सरकारले विभिन्न बहाना बनाई दुख दिने गरेकाे बताउदै उहाले सबै भन्दा करकाे मारमा परेकाे बताउनु भयाे । सरकारले ल्याएकाे नया कानुन केही हद सम्म भएपनि ब्यबसायि हितमा अाएकाे बताउनु भयाे । सुदुरपश्चिम हेभिईक्युपमेन्ट सघका अध्यक्ष लक्ष्मण साउदकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अथिति हेभिईक्युपमेन्ट सघका उपाध्यक्ष दिल बहादुर अाेलि रहनु भएकाे थियाे भने कार्यक्रममा स्वागत मन्तब्य सघका महासचिव दानसिह बढैलालले गर्नु भएकाे थियाे ।
