सुदूरपश्चिमका पर्यटकिय गन्तब्यहरुको जानकारी सहित बुलेटिन बिमोचन
नाटा सुदूरपश्चिमले सुदूरपश्चिमका पर्यटकिय गन्तब्यहरुको जानकारी सहित शन्देसमुलक बुलेटिन तयार गरेको छ । सो बुलेटिन मंगलबार प्रदेशकी उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले बिमोचन गरेकी छिन् ।

सुदूरपश्चिम प्रदेशका धार्मिक तथा पर्यटकिय गन्तब्यहरुको सम्पुर्ण जानकारी सहितको बुलेटिन नाटा सुदूरपश्चिमले तयार गरेको हो । प्रदेशका ९ वटै जिल्लामा रहेको सम्पुर्ण पर्यटकिय स्थलको जानकारी सो पुस्तकमा उल्लेख गरिएको छ ।

पर्यटन भ्रमण बर्षमा सहयोग पु¥याउने उद्देश्यले पर्यटकिय गन्तब्य सहित पुस्तक तयार पारेको नाटा सुदूरपश्चिमका अध्यक्ष माया प्रकाश भट्टले बताए । यस पुस्तकबाट सुदूरपश्चिममा आउने पर्यटकले सम्पुर्ण पर्यटकिय स्थलका बारेमा जानकारी पाउने उनले बताए । यसबाट गर्दा पर्यटन भ्रमण बर्ष २०२० सफल पार्न सहयोग पुग्ने उनको बिश्वास छ ।

बुलेटिनको बिमोचन गर्दै प्रदेशकी उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले भ्रमण बर्ष २०२० सफल पार्न यो बुलेटिनले धेरै सहयोग पुग्ने बिश्वास ब्यक्त गरिन् । एक्लै सरकारको पहलले मात्रै भ्रमण बर्ष सफल नहुने बताउँदै मन्त्री भट्टले निजि क्षेत्रको सहयोगबाट मात्रै सफल हुने धारणा राखिन् । उनले निजि क्षेत्रसंग सहकार्य गरेर मात्रै भ्रमण बर्ष सफल हुने हुँदा मन्त्रालयबाट भएका कमजोरी सच्याउन सल्लाह दिई भ्रमण बर्ष सफल पार्न सबैलाई सहयोगको आग्रह गरिन् ।

बुलेटिन बिमोचन कार्यक्रमको सञ्चालन नाटा सुदूरपश्चिमका महासचिव पदम सिहंले सञ्चालन गरेका थिए । नाटा सुदूरपश्चिमका सदस्य योगेन्द्र बमले सुदूरपश्चिमका पर्यटकिय गन्तब्यहरुकोे भिडियो समेत प्रस्तुत गरेका थिए ।
