१४ बैशाख २०८१, शुक्रबार
पुनर्वास नगरपालिका प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७६ आयोजना हुने
मंगलवार, माघ १४ १६:४२

पुनर्वास नगरपालिका प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७६ आयोजना हुने

पुनर्वासमा प्रथम पुरस्कार तीन लाख राखिएको प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७६ आयोजना हुने भएको छ । जुन कञ्चनपुर जिल्लाको अहिलेसम्मकै सर्वाधिक धनराशि भएको फूटबल प्रतियोगिता हो । आज पुनर्वास नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि यस बारेमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै नगरप्रमुख जीवनराज थापाले प्रतियोगिता यही माघ २५ गतेदेखि हुने जानकारी दिनुभयो ।
उहाँले नगरमा फुटबल प्रतियोगीता गरि अनुशासित र उत्कृष्ट खेलाडी जन्माउने जिम्मा नगरपालिकाको काँधमा आएको आफुले महसुस गरेको बताउनुहुँदै यहाँका खेलाडीहरू तथा सर्वसाधारणमा फूटबल प्रति आकर्षण बढ्दो क्रममा रहेको र यस क्षेत्रका थुप्रै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा समेत भाग लिइसकेको हुँदा नगरपालिकाले पनि फुटबल खेललाई प्राथमिकता दिएको नगर प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश नम्बर ५ का स्थानीय तहहरूले टिम दर्ता गराउन सक्नेछन् ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा हुने मेयर कप फुटबलका लागि यही माघ २३ गतेसम्म टिम दर्ता गराउन सकिने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी टिमलाई दश हजार शुल्क लाग्ने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने बताइएको छ । त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद प्रदान गरिने त्यस अवसरमा जानकारी गराईएको थियोे । त्यसैगरी बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने बताईएको छ ।

Sharing is caring!

नागरीकोट दरवारको इतिहास खोजीदै नागरी एकता समाज द्वरा
मंगलवार, माघ १४ १६:४२
कञ्चनपुरका कृष्ण दमाई ‘आचार्य’ पढ्दै
मंगलवार, माघ १४ १६:४२
shares