११ असार २०८३, बिहीबार
सुदूरपश्चिम प्रदेशको एम्बुलेन्स भित्र भेटियो मृत चित्तल
आईतवार, माघ २६ २२:४०

सुदूरपश्चिम प्रदेशको एम्बुलेन्स भित्र भेटियो मृत चित्तल

दार्चुला ।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले वितरण गरेको आत्याधुनिक एम्बुलेन्सलाई चित्तल तस्करको आरोप लागेको छ । ईलाका प्रहरी कार्यालय गोकुलेश्वले एम्बुलेन्समा चित्तल तस्कर भएको विशेष सुचनाका आधारमा चेकजाँच गर्दा मृत चित्तल भेटिएको हो ।  बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउदै आएको सुदूरपश्चिम प्रदेशको  ०१—००१ झ ३४६ नम्बरको एम्बुलेसलाई चित्तल तस्करीमा सलग्न रहेकाले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको हो । कञ्चनपुरबाट डिलाशैनी गाउँपालिका फर्किने क्रममा एम्बुलेन्सलाई चेकजाचको क्रममा मृत चित्तल भेटिएपछि नियन्त्रमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिनु भयो । एम्बुलेन्स चालक महेश बोहरालाई पक्राउ गरिएको र घटना बारे थप आनुसन्धान भईरहेको प्रहरी निरीक्षक साउदले बताउनु भयो ।

Sharing is caring!

Latest News

एउटा सरकार डुब्यो भने तीन वटै सरकार डुब्छः मेयर ओड
आईतवार, माघ २६ २२:४०
नेपाल फोटो पत्रकार महासंघको सुदुरश्चिम प्रदेश कमिटी गठन अध्यक्षमा नागरी
आईतवार, माघ २६ २२:४०