८ बैशाख २०८१, शनिबार
नेपाल फोटो पत्रकार महासंघको सुदुरश्चिम प्रदेश कमिटी गठन अध्यक्षमा  नागरी
आईतवार, माघ २६ २३:१५

नेपाल फोटो पत्रकार महासंघको सुदुरश्चिम प्रदेश कमिटी गठन अध्यक्षमा नागरी

नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटी गठन गरिएको छ । शनिबार धनगढीमा भएको सुदूरपश्चिमका फोटो पत्रकारको भेलाले प्रदेश कमिटि गठन गरेको हो । कैलालीका पत्रकार विवेक नागरीको अध्यक्षतामा १५ सदस्यीय प्रदेश कमिटि गठन भएको हो ।

महासंघको उपाध्यक्षमा डोटीका चक्र मल्ल, सचिवमा कैलालीका शंकर बोहरा र डडेल्धुराका हरिश चन्द, सह सचिवमा बैतडीका आशिष माल, कोषाध्यक्षमा निर्मला खडायत, सह सचिवमा कञ्चनपुरका मदन गिरी चयन भएका छन् ।

त्यस्तै प्रदेश कमिटि सदस्यमा कञ्चनपुरबाट दिनेश सिह महरा, दाुर्चुलाबाट रमेश खत्री, अछामबाट कल्पना बोहरा, सुदीप थापा, निराजन परियार, डोटीका तेजू ओली चयन भएका छन् ।

महासंघका केन्द्रीय महासचिव हरि प्रशाद रेग्मीको प्रमुख अतिथ्यतामा भएको भेलामा फोटो पत्रकार महासंघका उपाध्यक्ष सागर श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका सचिव करन ताम्राकार, नेपाल पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष भरत शाह लगायतको उपस्थीति रहेको थियो ।

Sharing is caring!

सुदूरपश्चिम प्रदेशको एम्बुलेन्स भित्र भेटियो मृत चित्तल
आईतवार, माघ २६ २३:१५
अभिनेत्री महिमा र बहिनी शर्मिलाको दु्र्घटनामा परी निधन
आईतवार, माघ २६ २३:१५
shares