१९ बैशाख २०८३, शनिबार
अभिनेत्री महिमा र बहिनी शर्मिलाको दु्र्घटनामा परी निधन
बिहीबार, फाल्गुन १ १०:१५

अभिनेत्री महिमा र बहिनी शर्मिलाको दु्र्घटनामा परी निधन

अभिनेत्री महिमा सिलवालको दुर्घटनामा मृत्यु भएको छ । चितवन घर जानेक्रममा महिमासँगै उनकी बहिनी शर्मिला स्कुटी दुर्घटना परेका थिए । दिदीबहिनी सवार स्कुटीलाई विपरित दिशाबाट आएको बसले ठक्कर दिँदा अभिनेत्री महिमाक घटना स्थलमै मृत्यु गजुरी प्रहरीले जनाएको छ ।
बहिनी शर्मिलाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर बुधबार साँझ पौने ६ बजे ठोक्किएको थियो । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गजुरी गाउँपालिका–२, चाम्बासमा बुधबार साँझ उनीहरु स्वार स्कुटी बससँग ठोक्किएको थियो ।
चितवनको भरतपुर महानगरपालिका–१३, गीतानगर स्थायी घर भएका उनीहरु बुधबार साँझ दुर्घटनामा परेका थिए ।
मोडल समेत रहेकी महिमाले मिसन २४, दानव, जिग्लोलगायत विभिन्न नेपाली फिल्म र दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

Sharing is caring!

Latest News

नेपाल फोटो पत्रकार महासंघको सुदुरश्चिम प्रदेश कमिटी गठन अध्यक्षमा नागरी
बिहीबार, फाल्गुन १ १०:१५
बालविवाह तथा लागू औषध दुब्र्यसन नियन्त्रण गर्न सुदूरपश्चिम सामाजिक विकाश मञ्च नेपाल जागरुक
बिहीबार, फाल्गुन १ १०:१५