बालविवाह तथा लागू औषध दुब्र्यसन नियन्त्रण गर्न सुदूरपश्चिम सामाजिक विकाश मञ्च नेपाल जागरुक
बालविवाह तथा लागू औषध दुव्र्यसन नियन्त्रण गोदावरी नगरपालिका वडा नम्बर १२ का बिद्यर्थीहरुलाई सुदूरपश्चिम सामाजिक विकाश मन्च नेपाल द्वरा जनचेतना गराईएको छ ।
शुक्रबार गोदावरी नगरपालिका वडा नम्बर १२ मा रहेका सामुदायिक विद्यालयमा श्री दुर्गा आधारभूत विद्यालय कोल्मुडामा बालविवाह तथा लागू औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी अन्तरक्रृया कार्यक्रम गरीएको हो

यतिबेला गोदावरी नगरपालिकामा बालविवाह तथा लागू औषध दुव्र्यसन बढी रहेको सरोकारवाला र स्थानीय तहले आत्मसात् गरेका छन् । बालविवाह न्यूनीकरणका लागि यो नारासहित स्थानीय तहहरूले अन्य अभियानसमेत सञ्चालन गरिरहेका छन् ।
बालबालिकाहरूलाई २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले बालबालिका र अभिभावकहरूलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाहीबारेमा जानकारी गराइरहेको स्थानीय तहहरूले जनाएका छन ।

बालविवाह न्यूनीकरणका लागि विभिन्न गैरसरकारी संस्थाको समन्वयमा किशोरी सञ्जाल र बालक्लबलाई सक्रिय बनाएको अध्यक्ष सुमन कुमार नेपाली बताए ।
सवैको समन्वयमा नै लागू औषध दुव्र्यसन नियन्त्रण गर्न सकिने सरोकारवालाले बताएका छन् ।
सुदूरपश्चिम सामाजिक विकाश मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘लागू औषध दुव्र्यसन नियन्त्रण, सचेतीकरण र सञ्चारकर्मीको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले लागू औषध दुव्र्यसनले समाजलाई नै नकारात्मक प्रभाव पार्ने भएकोले सबैको सहयोगले मात्र नियन्त्रण गर्न सकिने बताएका हुन् ।

कार्यक्रम अध्यक्ष सुमन कुमार नेपाली ,प्रमुख अतिथि वडा सदस्य शिब ब बिक,विद्यालयका प्र.अ. डबल वहादुर खत्री लगायत विद्यालय विद्यार्थीहरुको सहभागीता रहेको थिर्यो भने स्वागत मन्तव्य संस्थाका सदस्य दिनेश नेपाली राखेका थिए । कार्यक्रम सञ्चालन संस्थासचिव श्याम नेपालीले गर्नुभएको हो ।
