भाेकभाेकै बस्न बाध्य भएका गाउँलेलाई हेलिकप्टरबाट चामल
उत्तम कुमार थापा बझाङ सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङकाे साईपाल गाउँपालीकामा हेलिकप्टरद्वारा चामल पुर्याईएकाे छ । गहिरो हिमपात परेपछि सदरमुकाम चैनपुर देखि करिव ३ देखि ४ दिन पैदल यात्रा हिड्नुपर्ने बाध्यता रहेको याे क्षेत्रमा हिउले गर्दा बाटाे अवरुद्ध भएपछि त्याहाका कतिपय जनसमुदायहरु धेरै छाक भाेकै बस्नु परेको नेपाल कम्युनिस्ट पाटी साईपाल गाउँपालीका अध्यक्ष शेर बहादुर बाेहराले बताए ।
साईपाल गाउँपालीकामा निकै खाद्यान्नकाे अभाव भएको देखापरेका अाफु लगाएत विभिन्न निकाय माननीय साँसद अाशा कुमारी विककाे पहलमा हेलिकप्टर बाट जनताको लागि हेलिकप्टर बाट खाद्यान्न गाउँघरमा पुग्दा अाफु लगाएत सबै स्थानीयहरु खुसि भएको बाेहराले बताए ।
प्रतिनिधि सभा सदस्य माननीय अाशा कुमारी विककाे पहलमा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साईपाल गाउँपालिकामा शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी भएको छ। नेपाली सेनाको हेलिकोप्टरले खाद्य संस्थान सुर्खेतबाट २५ क्विन्टल २० केजी चामल साईपाल गाउँपालिकाको धुलीमा ढुवानी गरेको हो। बाटो अवरुद्ध बनेपछि उक्त क्षेत्रमा खाद्यान्नको अभाव भएको थियाे।
ढुवानी भएको चामल साईपाल गाउँपालिकाको धुली र बलौडी गाउँका स्थानीयलाई प्रति व्यक्ति ३ केजीका दरले वितरण गरिने भएको स्राेतकाे भनाइ छ ।
