धनगढीका अपाङ्गलाई घरमै पुगेर परिचय वितरण गरियो
धनगढी,
धनगढी उप–महानगरपालिका क्षेत्रमा अपाङ्गहरुलाई घरमै पुगेर परिचयपत्र वितरण गर्न सुरु गरिएको छ ।
आईतबार मात्रै उप–महानगरपालिका १९ का ७ जना अति अपाङ्गहरुलाई घरमै पुगेर अपाङ्ग परिचयपत्र हस्तान्तरण गरेको हो । त्यसैगरी वडा नं १८ मा शोमबार अपाङ्ग परिचयपत्र वितरण गर्ने काम भएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अपाङ्ग ब्यक्तिहरुको सजिलोका लागि वडातहमा अपाङ्गता परिचयपत्र वितरण सम्वन्धी शिविर संचालन गरिएको र अति अपाङ्गलाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको बताए । उनले भने, कतिपय ठाउँमा म आफै र कतिपय ठाउँमा उप–प्रमुख पुगेर अपाङ्ग परिचयपत्र वितरण गरिएको छ ।
आईतबार देखि धनगढी उप–महानगरपालिकाले चैत २१ गते सम्मका लागि सबै वडातहमा अपाङ्ग परिचयपत्र वितरण शिविर संचालन गरिएको छ । धनगढी उप–महानगरपालिका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढी उप–महानगरपालिका वडा नं १९ बाट अपाङ्ग परिचयपत्र वितरण शिविरको उद्घाटन गरेकी हुन । उप–प्रमुख भट्टले अपाङ्ग परिचयपत्र पाउनबाट कुनैपनि अपाङ्ग ब्यक्ति बञ्चीत नहुन भनेर शिविर संचालन गरेको बताईन । आईत र शोमबार गरेर ८० जना भन्दा बढीले अपाङ्ग परिचयपत्र प्राप्त गरेका छन् ।
