१९ बैशाख २०८३, शनिबार
अछाममा फोटो पत्रकार महासंघ गठन, अध्यक्षमा कुवँर र्निविरोध र्निवाचित
सोमबार, फाल्गुन १२ २१:४३

अछाममा फोटो पत्रकार महासंघ गठन, अध्यक्षमा कुवँर र्निविरोध र्निवाचित


सरिता खड्का, अछाम ।अछाम जिल्लामा फोटो पत्रकार महासंघ गठन गरिएको छ । नेपाल पत्रकार महासंघ अछाम शाखाको समन्वयमा जिल्लामा फोटो पत्रकार महासंघ गठन गरिएको हो ।

फोटो पत्रकार महासंघ केन्द्रको सर्कुलरमा फोटो पत्रकार महासंघ जिल्ला शाखा गठन गरिएको नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताउनु भयो ।

जिल्ला स्थित फोटो पत्रकारीतामा क्रियाशिल संचारकर्मीहरुको भेलाबाट धिरेन्द्र कुवँर (धिरज) को अध्यक्षतमा सर्बसम्मत फोटो पत्रकार संघ अछामको जिल्ला शाखा गठन गरिएको हो ।

संघको उपाध्यक्षमा अम्मर धामी, सचिवमा पूर्णबहादुर खड्का, कोषाध्यक्षमा कल्पना बोहरा, सहसचिवमा सुरत सुनार रहेका छन् । संघको कार्य समितिमा तारामान खड्का, रमेश महर सहित ११ सदस्यि कार्य समिती चयन गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, पूर्व अध्यक्ष बेदप्रकाश तिल्सिैना, रामबहादुर कुवँर, प्रेस युनियन अछामका अध्यक्ष टंकप्रसाद रिमाल लगायतको सहभागिता रहेको थियो ।

Sharing is caring!

Latest News

धनगढीमा हुने प्रथम सुदुरपश्चिम खाना महोत्सवको तयारी अन्तिम चरणमा, सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गर्ने तयारी
सोमबार, फाल्गुन १२ २१:४३
धनगढी विकास सम्मेलन सम्पन्न योजना वद्ध विकासका लागि प्रोजेक्ट बैंकको तयारी
सोमबार, फाल्गुन १२ २१:४३