१२ असार २०८३, शुक्रबार
धनगढीमा हुने प्रथम सुदुरपश्चिम खाना महोत्सवको तयारी अन्तिम चरणमा, सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गर्ने तयारी
सोमबार, फाल्गुन १२ २०:००

धनगढीमा हुने प्रथम सुदुरपश्चिम खाना महोत्सवको तयारी अन्तिम चरणमा, सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गर्ने तयारी


धनगढी,
फाल्गुन १४ गतेदेखि २० गतेसम्म धनगढीमा हुने प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । होटल ब्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका वडा नं १ स्थित खुला मञ्चमा हुने प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ तयारी अन्तिम चरणमा पुगेको सोमवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ । धनगढीमा हुन लागेको ‘विश्व नेपाली साहित्य महोत्सव’मा खाना महोत्सवको आयोजना गर्दै महोत्सवमा सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गर्ने तयारी गरिएको छ । सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परीकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई उनीहरुकै भेषभुषा, संस्कार र संस्कृति झल्किने गरी खुवाउने तयारी गरिएको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो । “सुदूरपश्चिम प्रदेशको सबै नौ जिल्लाका परम्परागत खानाका परिकार पस्किने तयारी गरेका छौँ”, होटेल व्यवसायी संघका अध्यक्ष बमले भन्नुभयो,–“संस्कार र संस्कृति जोगाउनका लागि यो प्रयास गरिएको हो ।

प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुर ेलगायत परिकार मुख्य छन ।” महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकार मात्र रहनुका साथै एक हजार लिटरको भाडामा फाणो पकाउने तयारी समेत गरिएको बताईएको छ । “परम्परागत खानपानका परिकारहरु मानव स्वास्थका लागि निकै नै लाभदायक, अर्गानिक तथा विषादी रहित छन भनेर प्रचार प्रसार गर्नु, स्थानीय स्तरमा उत्पादित अर्गानिक खाद्य वस्तुलाई उपभोग गर्ने वानीको विकास गर्नु र नयाँ पुस्तालाई मौलिक खानाका परिकारहरुको विषयका जानकारी गराउनु महोत्सवको उद्देश्य हो ।” पत्रकार सम्मेलनमा बोल्दै बमले भन्नुभयो,– “परम्परागत खानपान, भेषभुषा, संस्कार र संस्कृति सहितको प्रस्तुतिको सहभागिता हुनेलाई स्टल निःशुल्क प्रदान गरिनेछ, स्टलहरु अत्यन्तै सजावटयूक्त हुनेछन, प्लाष्टिक जन्यपदार्थवाट हुन गइरहेको प्रदुषणलाई न्यूनिकरण गर्न महोत्सव क्षेत्रभित्र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरी सम्पूर्ण खानाका परिकारहरुलाई दुना, टपरी र बोहतामा दिईनेछ । यसले गर्दा वातारणीय प्रदुषण न्यूनीकरण गर्न मद्दत पुग्नेछ भने अर्को तर्फ स्थानीय स्तरमा स्थानीय स्रोत साधनको उपयोग गर्दै रोजगारीको सिर्जना हुनेछ ।


एक सातासम्म चल्ने महोत्सवमा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ । महोत्सवमा एक हजार लिटरको भाडोमा फाँडो पकाउने लगायतका विभिन्न खानाका परिकारहरु पकाउने, हालसम्मकै सबैभन्दा ठूलो आकारको भक्के रोटी पकाउने, सिङ्गै खसीको वार विक्यू बनाउने, अन्र्तराष्ट्रिय स्तरका प्रशिक्षकद्धारा वार टेन्डर्स सम्बन्धी कला देखाउने लगायतको फरक नयाँ कार्यहरु महोत्सवमा रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
हरेक दिन बेलुका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन भने विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिनेछन । महोत्सको माध्यमले यस क्षेत्रको परम्परागत खानपान, रहन सहन, भेषभुषा, संस्कार र संस्कृित उजागर हुनुका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई आफ्नो लक्ष्य पूरा गर्न पूर्ण रुपमा सहयोग पुग्ने अपेक्षा आयोजकले राखेका छन् । खाना महोत्सव संगसंगै एउटै मैदानमा सुदूरपश्चिमञ्चल साहित्य समाजको आयोजनामा विश्व नेपाली साहित्य महोत्सव आयोजना हुन गइरहेको हँुदा यसले सुदुरपश्चिमको परम्परागत खानपान, रहनसहन, भेषभुषा, संस्कार र संस्कृतिको सहज रुपमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार हुने होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरु र विभिन्न जातजातिका खानाका परम्परागत परिकारहरुको स्वाद लिने र भेषभुषा, संस्कार र संस्किृतीको अवलोकन गर्न मिल्ने साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको मनोरञ्जन पनि एकैसाथ लिन सक्नेगरी हुन गइरहेको यो प्रथम सुदूरपश्चिम खाना महोत्सवमा अवलोकन लागि आयोजकले सवैसँग आग्रह समेत गरेको छ ।
धनगढीमा हुन लागेको पहिलो सुदुरपश्चिम खाना महोत्सवको मुख्य प्रयोजक जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज रहेको छ । त्यसैगरी प्रायोजकको रुपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटल जलसा प्रा.लि, होटल सनलाईट प्रा.लि, आफ्नो घर टेम्पल रिसोर्ट प्रा.लि. रहेका छन् ।

Sharing is caring!

Latest News

कैलालीको स्थानीय तहमा नेपाल परिवार दलको प्रथम समिति गठन
सोमबार, फाल्गुन १२ २०:००
अछाममा फोटो पत्रकार महासंघ गठन, अध्यक्षमा कुवँर र्निविरोध र्निवाचित
सोमबार, फाल्गुन १२ २०:००