९ आश्विन २०७८, शनिबार
पर्यटन ब्यवसाय रावलले , साहसिक खेल जिपलाइन चिसापानीमा  संञ्चालनमा ल्याए
शनिबार, चैत्र १ २१:१३

पर्यटन ब्यवसाय रावलले , साहसिक खेल जिपलाइन चिसापानीमा संञ्चालनमा ल्याए

 पर्यटकीय क्षेत्र कैलालीको चिसापानी नजिकै पितमारीमा जिपलाइनको सुरुवात भएको छ । साहासिक पर्यटकीय खेलको रुपमा रहेको जिपलाइन सुदूरपश्चिम प्रदेशमा पहिलो हो ।

सरकारी नोगरी र बैदेशिक रोजगार लाई छोडेर पर्यटन ब्यवसाय शुरु गरेका कैलालीको लम्कीका तपेन्द्र रावलले पहिलो पटक साहासिक खेलका रुपमा रहेको जिपलाइन कर्णाली नदिमा शुरुवात गरेका छन् । कम्पुटर साइन्समा डिग्री गरी नेपालका केहि कलेजमा पढाउँने काम गर्दा गदै रोजगारीका लागी नर्वे गएका रावलले २०७६ माघ १६ गते गते देखि डेर करोडको लागतमा चिसापनी एडभेन्चर रिसोट सहित जिपलाइनको शुरुवात गरेका छन् ।नेपाल पर्यटकिय सम्भावनाले भरिपुर्ण भएका कारण सवै पेशा ब्यवसाय छोडेर पर्यटन ब्यवसायमा लागेको चिसापनी एडभेन्चर रिसोट सहित जिपलाइनका संञ्चालक तपेन्द्र रावलले बताए ।

उनले पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गदै रिसोट संगै जिव लाईको शुरुवात गरेको बताए । नेपाल प्राकृतिक रुपमले निकै सुन्दर तथा रमणिय हुदाँ हुदै भौतिक संरचनाको विकास संगै पर्यटक लाई अल्झाउँने मनोरञ्जनका साधन नहुदाँ पर्यटन विकासले गति लिन नसेको उनले बताए ।

कर्णाली नदिको एक छेउमा निर्माण गरिएको १ सय ३० मिटर लामो जीपलाइन सुरक्षित र अन्तर्रा्ष्ट्रिय मापदण्डको रहेको सञ्चालक रावलले बताए । जिपलाइनमा चढ्न आउनेलाई प्रतिब्यक्ति २ सय रुपैया भाडादर कायम गरिएको छ । यसमा प्रयोग गरिएका सामग्री अन्तर्रा्ष्ट्रियस्तरमा प्रयोग भइरहेको र सफल कम्पनी भएकाले सुरक्षामा कुनै समस्या नहुने सञ्चालक रावलको भनाई छ ।

नेपालीसहित धेरै भारतीय पर्यटक कर्णाली क्षेत्रमा गर्मीयाममा सवै भन्दा बढी पर्यटक आउँने गर्देछन् । तराईदेखि केहीमाथि भएकाले गर्मी छल्न र पहाडमा चडेर विभिन्न स्थानको अवलोकन गर्न सकिने छ । कैलालीको पर्यटन प्रवद्र्धृमा लागेका जिल्ला समन्वय समिती कैलालीका सभापति सुर्य बहादुर थापाले पर्यटक तान्नमा सहयोग र्पुयाउनुको साथै साहसिक खेल पर्यटनको हबको रुपमा जिपलाइन विकासको नयाँ आयामका रुपमा रहेको दावी गरे ।

कर्णाली नदीमा एउटा एउटै पिल्लरमा उभिएको पुल हेर्न वर्षेनी हजारौं पर्यटक आउँछन् । आन्तरिक तथा भारतीय पर्यटकलाई यहाँको आकर्षक पुलले त तानेकै थियो, साथमा कर्णालीको चिसो पानीका माछाले पनि लोभ्याउने गथ्यो अब त्यसैमा जिपलाइन्ले थप मनोरञ्जन प्रदान गरेको जिपलाईनमा रमाईलो गर्ने आएका नरेन्द्र रावलले बताए । उनले जिपलाइन्मा निकै आनन्द आएको बताए ।

चिसापानी एडभेन्चर रिसोर्टले अघिल्लो महीनादेखि शुरु गरेको जीपलाईन फ्लाइङमा युवाहरूको आकर्षण बढ्दो छ । दैनिक सरदर ५० युवाहरु जीपफ्लाइङ गर्न आउने गरेका छन् । ¥याफ्टिङ सेवा समेत दिँदै आएको रिसोर्टले चाँडै नै पर्यटकहरूका लागि अन्य मनोरञ्जनात्मक प्याकेजहरू बनाउने तयारी गरेको पनि संचालन रावलले जानकारी दिएका छन् ।

Sharing is caring!

Latest News

जन्मदिनको अवसरमा बोलन्या थलीलाई सहयोग
शनिबार, चैत्र १ २१:१३
रोय प्रशंसा जेभी निर्माण कम्पनिले अवधिभन्दा ६ महिना पहिले नै निर्माण सम्पन्न गर्यो
शनिबार, चैत्र १ २१:१३
shares