१४ बैशाख २०८१, शुक्रबार
रोय प्रशंसा जेभी निर्माण कम्पनिले   अवधिभन्दा ६ महिना पहिले नै निर्माण सम्पन्न गर्यो
आईतवार, चैत्र २ २१:४९

रोय प्रशंसा जेभी निर्माण कम्पनिले अवधिभन्दा ६ महिना पहिले नै निर्माण सम्पन्न गर्यो

कैलाली जिल्ला सरकारी वकिलको कार्यालयको नयाँ भवन निर्माण अवधिभन्दा ६ महिना पहिले नै निर्माण सम्पन्न भएको छ । विकास निर्माणका कामहरु समय भन्दा ढिलो गरी मात्रै सम्पन्न भईरहेको अवस्थामा रोयल प्रशंसा जेभीले निर्माण अवधि भन्दा ६ महिना पहिले नै भवन निर्माण सम्पन्न गरेको हो ।

भवन निर्माणको समय २०७७ सालको भदौ ५ गतेसम्म रहेकोमा फागुन मसान्तमै दुई तले नयाँ भवन तयार गरिएको रोय प्रशंसा जेभीका संञ्चालक दिर्घ जोशीले जानकारी दिए । निर्माण सामाग्रीहरु पर्याप्त मात्रामा पाउन मुस्किल हुँदा पनि त्यसको व्यवस्थापन गर्दै समयमै भवन निर्माण गरेको निर्माण व्यवसायी जोशीको भनाई छ ।

कैलाली जिल्ला सरकारी वकिलको कार्यालयको लगानीमा रोयल प्रशंसा जेभीले २०७५ भदौ ५ गते सम्झौता गर्दै दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।

तर ४ करोड ४२ लाखमा निर्माणको ठेक्का पाएको रोयल जेभीले निर्माण अवधि सकिनु भन्दा ६ महिला पहिले नै भवन निर्माणको काम पुरा गरेको कैलाली जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता विष्णु पौडेलले जानकारी दिए । निर्माण व्यवसायीले दुर्त गतिमा काम गरेका कारण तोकिएको समय भन्दा अगाडी नै निर्माण सम्पन्न भएपछि वैशाखको पहिलो सातादेखि नयाँ भवनबाट सेवा दिने तयारी समेत गरिएको जिल्ला न्यायधिवक्ता पौडेलले बताए ।

भवन निर्माणको डिजाईन ईस्टिमेट र प्राविधिक सहयोग संघीय कार्यान्वयन ईकाईले गरेको थियो । ईकाईका ईन्जिनियर मोहन अवस्थीले निर्माणको अवधि बाँकी रहँदा पनि निर्माण कार्य सम्पन्न भईसकेको बताए । उनले अव छिट्टै भवन कैलाली जिल्ला सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरिने बताए ।

रोयल प्रशंसा जेभीले यसअघि सघन सहरी विकास कार्यक्रम अन्तर्गतको जडीबुटी प्रशोधन केन्द्रको भवन पनि निर्माण अवधिभन्दा ६ महिना अघि नै सम्पन्न गरेको थियो । समयभन्दा अगावै काम सम्पन्न गर्ने रोयल प्रशंसा जेभीका सञ्चालक दिर्घ जोशी निर्माण व्यवसायी संघ कैलालीका कोषाध्यक्ष समेत रहनु भएको छ ।

Sharing is caring!

पर्यटन ब्यवसाय रावलले , साहसिक खेल जिपलाइन चिसापानीमा संञ्चालनमा ल्याए
आईतवार, चैत्र २ २१:४९
धनगढी उप–महानगरद्धारा संस्थागत स्वःमुल्याङ्कन कार्यको आयोजना
आईतवार, चैत्र २ २१:४९
shares