१९ बैशाख २०८३, शनिबार
धनगढीका मुख्य चोक र बसपार्कमा सर्वसाधारणलाई हात धुन साबुन पानी
शनिबार, चैत्र ८ ०८:३९

धनगढीका मुख्य चोक र बसपार्कमा सर्वसाधारणलाई हात धुन साबुन पानी


धनगढी,
धनगढी उप–महानगरपालिकाले कोराना भाईरसको पूर्व सतर्कता अन्तरगत मुख्य चोक र बसपार्कमा सर्वसाधारणलाई हात धुनका लागि साबुन पानीको ब्यबस्था गरिएको छ । धनगढी उप–महानगरपालिकाको समन्वय र सहकार्यमा बिभिन्न संस्थाहरुको सहयोगमा ५ देखि १ हजार लिटरका प्लाष्टिकका पानी ट्यांकी र साबुनको ब्यबस्था गरिएको हो । शुक्रवार बिहान सुदूरपश्चिम यातायातका बझाङ्गका उपाध्यक्ष नरेशबहादुर थापाको सहयोगमा ५ सय लिटरको पानी ट्यांकी र साबुनको ब्यबस्था गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भने, धनगढी बसपार्कमा सुदूरपश्चिम यातायात समितिले पानीको ट्यांकी र साबुन पानीको ब्यबस्था गरेको छ ।


निर्माण ब्यावसायी संघ कैलालीले आफ्नो कार्यालय अगाडीको सडक चौकमा १ हजार लिटरको पानी ट्यांकी र साबुन पानीको ब्यबस्था गरेको छ । नगरप्रमुख वडका अनुसार एलएन चोक, मालपोत रोडको चोक, क्याम्पस रोड लगायत ८ वटा भन्दा बढी स्थानमा सर्वसाधारणलाई हात धुनका लागि साबुन पानीको ब्यबस्था गर्ने योजना गरेको छ । चिकित्सकहरुले साबुन पानीले पटक पटक हात धोएमा कोरोना सर्नबाट बच्च सकिने सुझाएको छ ।

Sharing is caring!

Latest News

प्रधानमन्त्री केपी शर्मा ओलीकाे राष्ट्रका नाममा गर्नुभएको सम्बोधन जस्ताकाे त्यस्तै
शनिबार, चैत्र ८ ०८:३९
मारवाडी सेवा समिति कैलाली द्धारा मास्क र औषधी स्प्रे मेसिन हस्तान्तरण
शनिबार, चैत्र ८ ०८:३९