१९ बैशाख २०८३, शनिबार
मारवाडी सेवा समिति कैलाली द्धारा मास्क र औषधी स्प्रे मेसिन हस्तान्तरण
सोमबार, चैत्र १० १९:२८

मारवाडी सेवा समिति कैलाली द्धारा मास्क र औषधी स्प्रे मेसिन हस्तान्तरण

मारवाडी सेवा समिति कैलाली, मारवाडी यूवा मञ्च कैलालीले कोराना भाईरस (कोभिड १९) को रोकथाममा सहयोग पु¥याउन मास्क र औषधी स्प्रे मेसिन हस्तान्तरण गरेको छ ।धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई ४ हजार मास्क र औषधी स्प्रे मेसिन हस्तान्तरण गरेका हुन ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले विश्व नै स्वास्थ्य संकटमा परेका बेला मारवाडी समाजले गरेको सहयोगक अमुल्य हुने बताए । उनले भने, यसले धनगढी उप–महानगरपालिका भित्र कोरोना रोकथाम पूर्व तयारीमा सहयोग पुग्ने छ ।

मारवाडी सेवा समिति कैलालीका अध्यक्ष राजेन्द्र अग्रवालले विश्व संकटमा परेका बेला आफ्नो समाजले सानो सहयोग गर्न पाएकोमा निकै खुसी लागेको बताए ,सरकार एक्लैले मात्रै केहि गर्न सक्दैन अग्रवालले भने, त्यसैले ब्यक्ति संस्था सबैले साथ र सहयोग दिनु  पर्छ ।

उद्योगपती श्याम तायलले कोराना साझा समस्या भएकाले यसबाट पार लाग्नका लागि सबै संघ संस्था, ब्यक्तीले सरकारलाई सामाजिक उत्तरदायीत्व सम्झेर सहयोग गर्नुपर्छ ।

Sharing is caring!

Latest News

धनगढीका मुख्य चोक र बसपार्कमा सर्वसाधारणलाई हात धुन साबुन पानी
सोमबार, चैत्र १० १९:२८
भोलिदेखि देशभर लकडाउन, घर बाहिर निस्किन नपाइने
सोमबार, चैत्र १० १९:२८