कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ हजार ९ सय नाघ्यो
काठमाडौं : कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित मुलुकको संख्या दुई सय नाघेको छ । तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको उक्त भाइरस २ सय १ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ५६ जना पुगेको छ भने ७ लाख २१ हजारभन्दा बढी संक्रमित भएका छन् । सबैभन्दा बढी इटलीमा कोरोना भाइरसका कारण १० हजार ७ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या ९७ हजार ६ सय पुगेको छ । त्यहाँ आइतवार मात्रै थप ७ सय ५६ जनाको मृत्यु भएको छ ।
उता, अमेरिकामा संक्रमितको संख्या १ लाख ४१ हजार नाघेको छ । यो संख्या संक्रमण फैलिएका मुलुकहरु मध्येको सबैभन्दा बढी हो । त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय ७५ पुगेको छ । त्यहाँ आइतबार मात्रै १८ हजार २ सयभन्दा बढी संक्रमित भेटिएका हुन् ।
उता, स्पेनमा पनि संक्रमितको संख्या ८१ हजार १ सय नाघेको छ । त्यहाँ शनिवार मात्रै ६ हजार ८ सय संक्रमित थपिएका छन् भने मृत्यु हुनेको संख्या ६ हजार ८ सय ३ पुगेको छ । फ्रान्समा पनि एकै दिन ३ सय जनाको मृत्यु भएको छ । जर्मनीमा ६२ हजार ९५ जना संक्रमित भएका छन् भने ५ सय ४१ जनाको मृत्यु भएको । फ्रान्समा संक्रमितको संख्या ४० हजार १ सय ७४ पुगेको छ भने २ हजार ६ सय ६ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाका कारण इरानमा २ हजार ६ सय ४०, बेलायतमा १२ सय २८, नेदरल्याण्ड्समा ७ सय ७१ र बेल्जियममा ४ सय ३१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी नेदरल्याण्डमा ७ सय ७१, स्विजरल्याण्डमा ३ सय, इण्डोनेशियामा १ सय १४, टर्कीमा १ सय ३१, पोर्चुगलमा १ सय १९ र दक्षिण कोरियामा १ सय ५२ जनाको मृत्यु भएको छ ।
यता भारतमा भने कोरोना संक्रमितको संख्या एक हजार २४ पुगेको छ भने २७ जनाको मृत्यु भएको छ । पाकिस्तानमा १५ सय २६ संक्रमित हुँदा १४ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । श्रीलंकामा भने एक जनाको कोरोनाका कारण मृत्यु भएको छ भने एक सय १७ संक्रमित भेटिएका छन् ।
अर्को दक्षिण एशियाली मुलुक माल्दिभ्समा एक जनाको मृत्यु तथा १७ जना संक्रमति भेटिएका छन् भने अफगानिस्तानमा एक सय २० जना संक्रमित हुँदा चार जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै, बंगलादेशमा ४८ जना संक्रमित छन् भने पाँच जनाको मृत्यु भइसकेको छ । https://www.avenueskhabar.com.np/
