२९ असार २०८३, सोमबार
अमेरिका तथा अस्टेलियामा कार्यरत तथा बस्दै आएका समाजसेवी द्रारा धनगढी वडा नम्बर ३ मा खाद्यान्न वितरण
मंगलवार, चैत्र १८ २३:१३

अमेरिका तथा अस्टेलियामा कार्यरत तथा बस्दै आएका समाजसेवी द्रारा धनगढी वडा नम्बर ३ मा खाद्यान्न वितरण

लकडाउनका कारण दैनिक मजदुरी गरेर गुजारा चलाउनेहरु परिवारहरुलाई छाक टार्नै परेको समस्यालाई टार्न धनगढी उप महानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधीहरुले सहयोग अभियानहरु चलाएका छन् ।
अभियान चलाएसंगै आज अमेरिका तथा अस्टेलियामा कार्यरत तथा बस्दै आएका समाजसेवी युवकहरुले ७० हजार बराबर आर्थिक सहयोग गरेको उनीहरुले बताए । समाजसेवी मदन भट्टमार्फत सो अभियानमा उनिहरुले सहयोग गरेका हुन् । सहयोग गरेसंगै धनगढी उप महानगरपालिका वडा नम्बर ३ को वडा कमिटीले छाक टार्नै मुस्किल भएका भन्सार गौरी टोलका ९४ परिवारलाई खाद्यान्न वितरण गरेको बताएका छन् ।

वडाका बिपन्न तथा छाक टार्नै मुस्किल परेका ब्यक्तीहरुको पहिचान गरी खाद्यान्न वितरण गरेको वडा सदस्य ओम बिक्रम चन्दले बताए ।
सोमबारबाट सहयोग अभियान थालेको बताउँदै उनीहरुले थुप्रै क्षेत्रबाट सहयोग पाएको बताएका छन् । केही क्षेत्रबाट आर्थिक तथा केहीबाट खाद्यान्न नै सहयोग भएको वडा अध्यक्ष बल बहादूर ऐरले बताए । सहयोग पारदर्शी बनाउने र उठेको सहयोगको पुरा विवरण पत्रकार सम्मेलनमार्फत जानकारी गराउने उनले बताए । यो अभियान अन्तर्गत सबै वडाका छाक टार्न मुस्किल परेका नागरिकहरुलाई खाद्यान्न सहयोग गरिने उनले बताए ।


धनगढी उपमहानगरपालिका ५ घर भई हाल अस्टेलियामा रहेका अनिल भट्टले ५१ हजार तथा धनगढी ८ बुद्धचोक घर भई हाल अमेरिकामा रहेका दिनेश कार्कीले २१ हजार सहयोग गरेको रकमबाट खाद्यान्न वितरण गरेको समाजसेवी मदन भट्टले बताए । बिभिन्न क्षेत्रबाट आएको सहयोगलाई वडा नम्बर ३ को अभियानमा समाबेस गरिएको उनले बताए ।


लकडाउनले मजदूरी गर्न नपाएपछि छाक टार्नै मुस्किल परेका नागरिकहरु खाद्यान्न पाएसंगै खुशी भएका छन् । दिनभरी अर्काको मजदूरी गरेर खानेलाई सानो सहयोगलेपनि धेरै ठुलो राहत पुगेको उनिहरुले बताएका हुन् । अद्यपी सरकारले निजी क्षेत्रबाट कसैलाई पनि राहत संकलन नगर्न भनेको छ ।

Sharing is caring!

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ हजार ९ सय नाघ्यो
मंगलवार, चैत्र १८ २३:१३
८४ ब्यन्जन नपचेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो पूर्वराजा : वरिष्ठ पत्रकार बानियाँ
मंगलवार, चैत्र १८ २३:१३