२९ असार २०८३, सोमबार
८४ ब्यन्जन नपचेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो पूर्वराजा : वरिष्ठ पत्रकार बानियाँ
बुधबार, चैत्र १९ २१:०५

८४ ब्यन्जन नपचेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो पूर्वराजा : वरिष्ठ पत्रकार बानियाँ

राजेन्द्र बनिया, पुर्ब राजा ज्ञानेन्द्र शाहलाई मेरो चिठठी… पुर्ब महाराज तपाईं र मेरो निवास नजिकै छ तर भेट हुँदैन। म कहिले काहीं घरको छतबाट तपाईंलाई देख्छु र के छ हालखबर भनेर सोध्नुपर्ला भनेर छतमा उक्लिन्छु पनि ।तपाईले मलाई टीभीमा देखेर चिन्नु भाकै छ होला भन्ने भ्रममा छु । मैले त २००७ सालदेखिको इतिहासमा तपाईलाई चिनेकै छु, मात्र तपाईले गद्दी छाडेको दिन तपाईको गद्दीमा बसेर सेल्फी खिच्ने पत्रकारको भिडमा म थिइन । मलाई तपाइको साच्चै माया लाग्छ । तपाईलाई ४ बर्षमा राजा बनाइयो, तपाईलाई थाहा नै थिएन किन बनाइयो,किन हटाइयो ?

तपाईलाई पन्चायत चलेको बेला खासै कसैले पुछेनन्,पुछ्न पनि परेन । तपाईं चु’रोट, चिया लगायतको ब्यापारमा लाग्नु भो,कतिले मुर्ती पनि मिसाएर बिदेश तिर व्यापार गर्नुहुन्थ्यो भन्छन् । जब तपाईका दाजुको बं’शनाश भो,तपाईं चर्चामा फेरि आउनुभो ।कतिले दा’इमारा भनेर चर्चा गरे कतिले राजा ? तपाईले देश चलाउने मौका पाउँदा मन चौधरीको जस्तो ब्यापारी,अनि इच्छा बाबू महेन्द्रको जस्तो महत्त्वकाँक्षी भएर चिप्लिनु भो । कम्तिमा दाजुको चार आना जमिन आफ्नो नाममा ल्याउने लोभ नगरी देश नै मेरो सम्पती अनि देशबासीनै मेरा सन्तान भनेको भए तात्कालिन सात दल ब’दामका ग्राहक हुन्थे,अनि माओवादी श्रीलंकाका तमिल ।

तर उ’द्दण्ड भनिएका पुत्र पारसको मो’ह धृ’तराष्ट्रका लागि दु’र्योधन जस्तो भो ।तर सलाम छ पुर्ब राजा, २४० बर्षको बि’रासत छोड्दा पनि तपाईं हाँस्दै जानू भो । तपाईलाई यतिभन्दा फु’ट्दा तपाइले फु’टाइदिएको र जुट्दा आफै भन्ने पुर्ब म’ण्डलेहरुलाई म पन्च र राजाबादी लाग्ला । अनि क्रा’न्तिकारीको नाममा जनता रुवाउन पल्केकालाई म प्र’तिगमनकारी लाग्ला । म कम्तिमा पनि तपाईको नि’रंकुश च’रित्रको वि’रुद्ध सडकमा नि’स्केको स’चेत नागरिक हो । भ्रममा नपर्नु होला ।पछिल्ला दिनमा तपाईं मन्दिर डुल्दा र डि’स्कोमा टोपी लाएर रा’स्ट्रबादी ब’न्दा मलाई तपाईमाथी धि’क्कार लागेको थियो ।

नेपाली आमाले नेता र राजा जन्माउने कोख एउटै रहेछ भन्ने पनि लाग्या थियो । धेरै हिजोका हात्तीछाप आजका बे’न्ट्ले नेता र तपाईं उस्तै लागेको थियो । मलाई त नेताहरु जस्तै तपाईं पनि कोभिड -१९ भएर या आ’शन्कामा आ’इसोलेसनमा बसेकाले अनुहार देख्न नपाइएको होला जस्तो पनि लाग्या थियो ।तर पुर्ब राजा, बीपी प्रजातन्त्रका घा’ती थिए भन्छन्,मलाई थाहा छैन । उनलाई इन्दिरा गान्धीले घो’क्राउने भएसी राजासङ्ग घाँ’टी जोडिएको छ भनेर ३३ सालमा नेपाल आएका हुन् तर उनले राजा कम्तिमा नि रास्ट्रलाई माया गर्छन् भनेका थिए । हो रहेछ ।पृय पुर्ब राजा, हिजै ब्यापारीबाट राजा बन्देको भए हामीलाई यस्तो नेता धनी र जनता गरिब हुने गणतन्त्र चाहिएको नै थिएन ।

हामीलाई एउटा राजाको ठाउँमा र’जौटा चाहिएको नै थिएन । हामी यी दर्जनौलाई अर्बौं दिनु सट्टा तपाईलाई खुशी खुसी महिनाको चार करोड दिन्थ्यौ । आज तपाईले को’रोनाले रो’इरहेका गरिबलाई २ करोड दिने भनेर फेरि नेता भन्दा माथी हुनु भाको छ। मलाई मैले भात खुवाएको आज भुजा खाने, हिजो चप्पलको तुना फेर्ने आज ब’तननै फेर्ने, हिजो जनै नलगाउने आज हिराको हार लगाउने, हिजो हिड्दा खुट्टा फुट्ने आज ८४ ब्य’न्जन नप’चेर भुँडी फुट्ने नेता भन्दा तपाईं प्यारो लाग्न थाल्यो पुर्ब राजा ।उहीँ तपाईको भलो चाहने, रास्ट्रबादी बालाजु, माछापोखरी । २०७६ चैत्र १८ रोज ३ शुभम् ।

Sharing is caring!

अमेरिका तथा अस्टेलियामा कार्यरत तथा बस्दै आएका समाजसेवी द्रारा धनगढी वडा नम्बर ३ मा खाद्यान्न वितरण
बुधबार, चैत्र १९ २१:०५
धनगढी उप महानगरपालिकाले मजदूर, अति विपन्न र असहायलाई राहत बाँड्न सुरु ग¥यो
बुधबार, चैत्र १९ २१:०५