धनगढी उप महानगरपालिकाले मजदूर, अति विपन्न र असहायलाई राहत बाँड्न सुरु ग¥यो
धनगढी
कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरिएपछि रोजगारी गुमाएका श्रमिक तथा न्यून आय भएको वर्गलाई लक्षित गरी धनगढी उप महानगरपालिकाले बिहिवार विहान देखि १९ वटा वडामा राहत वितरण प्रक्रिया अघि बढाएका छन् ।
राहत वितरण गर्न नगरपालिकाले दैनिक ज्यालादारी गर्ने मजदूर, अति विपन्न र असहायलाई राहत बाँड्न सुरु नै गरिसकेका छन् ।
नगरप्रमुख नृपबहादुर वडले प्राप्त भएको खाद्यान्नलाई छाकटार्न समस्या भैरहेका मजदुरलाई सहयोग पुग्नेगरी सहयोग गर्ने जो जसले सामाजिक उत्तरदायीत्व सम्झेर सहयोग गरेको छ सबैलाई धन्यवाद दिन भयो ।
लकडाउनका कारण दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा पुगेका असंगठित क्षेत्रका मजदुरलाई सरकारले चैत १६ गते स्थानीय तहमार्फत् राहतस्वरुप खाद्यान्न वितरण गर्ने निर्णय गरेको थियो । लकडाउन अवधिभरका लागि राहत दिने निर्णयपछि दैनिक ज्यालादारी गर्ने श्रमिक सबैभन्दा धेरै धनगढी उप महानगरपालिकालमा रहेका छन ।
लकडाउनले मजदूरी गर्न नपाएपछि छाक टार्नै मुस्किल परेका नागरिकहरु खाद्यान्न पाएसंगै खुशी भएका छन् । दिनभरी अर्काको मजदूरी गरेर खानेलाई सानो सहयोगलेपनि धेरै ठुलो राहत पुगेको उनिहरुले बताएका हुन् ।
धनगढी उप महानगरपालिकाले दैनिक गुजारा चलाउन नसक्नेलाई वडा रहेको टोल बासीहरुलाई टोलमै राहत बाँड्न थालेका छन् ।
भीडभाड हुन नदिन घरघरै पुर्याउँदै छन् । दैनिक मजदुरी गरेर गुजारा चलाउने, अन्य पेशा व्यवसाय नभएका, विपन्न तथा असहायलाई राहत वितरणमा प्राथमिकता दिइएको धनगढी उप महानगरपालिका ८ का अध्यक्ष नारायण बराल बताएका छन् ।
नगरपालिकाले प्रतिव्यक्ति चामल १० किलो, दाल २ किलो, तेल एक लिटर, नुन १ किलो, आलुरप्याज १ किलो खाद्यान्नको प्याकेज बनाएको छ ।
