आईतवार, चैत्र ३० १४:१२
चट्याङ पर्दा ५२बर्षिय महिला को ज्यान गयो
चैत्र ३०सङ्खुवासभा।
सङ्खुवासभाको पाँचखपनमा चट्याङ पर्दा एक जनाको ज्यान गएको छ । पाँचखपन नगरपालिका–२ की ५२ वर्षीया डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ का कारण मृत्यु भएको हो ।
राई हिजोराति ७ बजे घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा ले जनाएको छ। राईको शवपरीक्षणका लागि आइतबार जिल्ला अस्पताल सङ्खुवासभा लगिएको छ।
