काठमाडौ चैत्र ३०/प्रधानमन्त्री केपी शर्मा ओलीले नया बर्ष को दिन विहान ८ बजे घरघर मा राष्ट्रिय गानसहित ताली बजाएर सहयोग गर्न नागरिकलाई आग्रह गरेका छन् । कोरोनाको उपचारमा खटिएका डाक्टर र नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानका लागि राष्ट्रिय गान गाउन र ताली बजाउन अनुरोध गर्नु भएको छ ।
आइतबार बेलुका ट्वीट गर्दै प्रधानमन्त्री ओलीले यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रम भएकाले सबैले साथ दिनु पर्ने जानकारी दिएका छ्न । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन नागरिकलाई आग्रह गरेका छ्न ।
ओलि ले आफ्नो ट्वीटमा लेखेका छन्, “राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ, ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेको छु । त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान गरिएको छ।

