११ असार २०८३, बिहीबार
बेलौरी नगरपालिकालाई आइतबार पनि विभिन्न संघसंस्था र व्यक्तिको सहयोग
आईतवार, चैत्र ३० २२:०१

बेलौरी नगरपालिकालाई आइतबार पनि विभिन्न संघसंस्था र व्यक्तिको सहयोग

हरिश चन्द्र बाग, कञ्चनपुर, । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम र न्यूनीकरण गर्नका लागि कञ्चनपुरको बेलौरी नगरपालिकालाई आइतबार पनि विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गर्नुभएको छ । बेलौरी नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषका लागि आइतबार सिद्धबाबा सहकारी संस्था लिमिटेड बेलाैरीले ११ हजार १ सय ११ रूपैयाँकाे चेक बेलाैरी नगरपालिकालाई प्रदान गरेको छ । सिद्धबाबा सहकारी संस्थाका अध्यक्ष शिवराज कंडेल र काेषाध्यक्ष धनेश दत्त पन्तले नगर प्रमुख पोतिलाल चौधरीलाई चेक हस्तान्तरण गर्नु भएको नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो ।

आइतबार नै बेलाैरी नगरपालिका वडा नम्बर ५ बन्तरियामा रहेको पुष्पलाल स्मृति सामुदायिक वन उपभोक्ता समुहले १० हजार रूपैयाँकाे चेक प्रदान गरेको छ । वन उपभोक्ता समुहका सचिव प्रेम चाैधरी बेलाैरी नगरपालिकाको विपद् व्यवस्थापन काेषका लागि नगर प्रमुख पोतिलाल चौधरीलाई चेक हस्तान्तरण गर्नु भएकाे प्रवक्ता नेपालीले बताउनु भएको छ । उहाँका अनुसार, पत्रकार राेशन खड्काले काठमाडौंबाट संकलन गरी सहयाेग स्वरूप पठाएकाे २४ थान पिपिई, ९ थान हेन्डवास र ४ सय थान सर्जिकल मास्क नेकपाका स्थानीय नेता पल्लव राज भट्ट मार्फत नगर प्रमुख चौधरीले ग्रहण गर्नुभएको छ ।

Sharing is caring!

Latest News

आईतवार, चैत्र ३० २२:०१
कैलालीमा थप एक महिलामा कोरोना सङ्क्रण
आईतवार, चैत्र ३० २२:०१