मंगलवार, बैशाख २ १७:३३
जबर्जस्ति करणीको आरोपमा कैलालीमा ४जना पक्राउ ।
बिष्णु जोशी ,बैशाख २ धनगढी ।कैलाली को गौरिगङ्गा नगरपालिका मा १७ वर्षीया किशोरीलाई सामूहिक रुपमा जबरजस्तीकरणी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका वडा नम्बर १ को चनौरामा हिजो राती आफन्तको घरबाट धनगढी फर्किने क्रममा किशोरीलाई जबरजस्तीकरणी गर्न खोज्ने चारै जना लाइ प्रहरीले नियन्त्रण मा लिएको ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद,२० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको जानकारी दिनु भयो। पक्राउ परेका उनीहरु चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक बस्नेतले बताउनु भयो।

